लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने
सोमबार, फागुन १२, २०८१
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
सोमबार, फागुन १२, २०८१
दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन...
रामपुरको स्वरुप फेरिँदै
सोमबार, फागुन १२, २०८१
रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ । यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् ।
नारायण युवा क्लवको सक्रियता : सुरक्षा सम्बन्धी सचेतना तथा अन्तरक्रिया
सोमबार, फागुन १२, २०८१
तानसेनमा रहेको नारायण युवा क्लव समाजका हरेक गतिविधिहरुमा सक्रिय छ । खेलकूदको विकास, धार्मिक तथा पर्यटकीयस्थलहरुको संरक्षण, प्रवद्र्धन गर्नुको साथै समाजलाई सचेतना जगाउने कार्यमा क्लव सक्रिय हुँदै आएको हो ।
कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
सोमबार, फागुन १२, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।
तानसेनमा ‘शिव झण्डारोहण एवं स्नेह मिलन’ कार्यक्रम हुँदै
सोमबार, फागुन १२, २०८१
महाशिवरात्रीको अवसरमा तानसेनस्थित बह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पामा शिव झण्डारोहण एवं स्नेह मिलन कार्यक्रम हुने भएको छ । विद्यालयले यही फागुन १४ गते ८९ औं महाशिवरात्रीका दिन शिव झण्डारोहण एवं स्नेह मिलन कार्यक्रम गर्ने भएको हो ।
जलवायु परिवर्तनको प्रभाव
सोमबार, फागुन १२, २०८१
नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेको छ । तापक्रम वृद्धिदेखि लिएर अनियमित मौसम प्रणालीसम्मका समस्या नेपालमा जलवायु परिवर्तनका प्रत्यक्ष प्रभाव हुन् ।
नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो
आइतबार, फागुन ११, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो ।
मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता
आइतबार, फागुन ११, २०८१
भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत
आइतबार, फागुन ११, २०८१
किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनि विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् ।
सामुदायिक र निजी विद्यालयको 'मितेरी’ सम्बन्ध
आइतबार, फागुन ११, २०८१
केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए । डेस्क, बेञ्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अवस्थामा छैनन् । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा...


