Shittalpati
मुलुकमा आशाको सञ्चार भएको देउवाको दाबी
मुलुकमा आशाको सञ्चार भएको देउवाको दाबी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आशाको सञ्चार भएको दावी गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा...
माझी समुदायले आज लदी पर्व मनाउँदै
माझी समुदायले आज लदी पर्व मनाउँदै माझी समुदायले आज आफ्नो मुख्य पर्व लदी (कोसी पूजा) मनाउँदै छन् । खोलालाई भगवानको रुपमा सामूहिक पूजा गर्दै माझी समुदायले यो पर्व मनाउन  लागेका हुन् ।
ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय
ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन वित्तीय कारवाही कार्यदल वा Financial Action Task Force (FATF) ले निरन्तर निगरानी गरेर देशहरूलाई त्यसबारे सचेत गराउने गर्दछ । सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर अन्तर्राष्ट्रिय निगरानीमा पर्नु भनेको Gray List हो ।  
आगलागी प्रकोपको पीर
आगलागी प्रकोपको पीर माघ महिनादेखि नै आगालागीका समाचारहरु आइरहेका छन् । जलवायु परिवर्तनका कारण अहिले नै ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले त्यति बेलाको अवस्था कस्तो होला अहिले नै  कल्पना गर्न सकिदैन । सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म...
स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन  दर्ता
स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन दर्ता आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि  पाल्पाका ४ क्याम्पसमा १३ वटा संघ/संगठन दर्ता भएका छन् ।  सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी...
छचुवाका आगलागी प्रभावित परिवारलाई राहत वितरण
छचुवाका आगलागी प्रभावित परिवारलाई राहत वितरण जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीको छचुवाका आगलागी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गाउँपालिकाले आगलागीबाट घरगोठ जलेर नष्ट भई खुला आकासमुनी बसेका यहाँका कुमाल  परिवारलाई तत्कालका लागि  एक÷ एक बोरा चामल, नुन, तेल, दाल तरकारी तथा आवश्यक त्रिपाल लगायतका राहत सामग्रीहरु वितरण गरेको हो ।  
नेप्से परिसूचक घट्यो
नेप्से परिसूचक घट्यो साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।
पाँच करोडको लागतमा पक्की पुल
पाँच करोडको लागतमा पक्की पुल गुल्मीको पनाहा खोलामा रू पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको रू पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो । 
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई  एक करोड बजेट विनियोजन
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई  एक करोड बजेट विनियोजन संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । 
तानसेनबाट मनमोहक हिमाल
तानसेनबाट मनमोहक हिमाल मौसम सफा हुँदा पर्यटकीयस्थल तानसेनको कैलाशनगरबाट देखिएका मनमोहक हिमश्रृंखला । यहाँबाट देखिएका धवलागिरी, माछापुच्छ्रे हिमालले स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् । शनिबार पानी परेका कारण आइतबार बिहानैबाट सफा र चिटिक्कका हिमाल देखिएका हुन् ।
घोराहीमा मगर सङ्ग्रहालय स्थापना
घोराहीमा मगर सङ्ग्रहालय स्थापना मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।  
Weather Update