कुखुरा व्यवसायीलाई अनुदान
शनिबार, वैशाख २७, २०७७
प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड,इतिहास मेटाउने गरी भएको हर्कत प्रति स्थानीय चिन्तित
शुक्रबार, वैशाख २६, २०७७
जिल्लाको रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारी स्थित शान्तिदिप उद्यान पार्कमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात समुहद्वारा तोडफोड भएको हो ।
तिनाउ गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता
शुक्रबार, वैशाख २६, २०७७
फुसको छाना रहित गाउँपालिका बनाउने अभियानमा लागेको जिल्लाको तिनाउ गाउँपालिकाले विपन्न परिवारका लागि जस्ता पाता वितरण गरेको छ । दुई वर्ष अघिदेखि नै अभियान थालेको गाउँपालिकाले शुक्रबार ७२ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको हो ।
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
शुक्रबार, वैशाख २६, २०७७
कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ ।
बागलुङमा आरडिटी किट अभाव
शुक्रबार, वैशाख २६, २०७७
बागलुङ कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो ।
गुल्मीमा निषेधाज्ञा कायमै
शुक्रबार, वैशाख २६, २०७७
कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई जारी राखेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
रेडक्रस दिवसको सार्थकता
शुक्रबार, वैशाख २६, २०७७
हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो ।
अर्जेन्टाइन फरवार्ड पाब्ला कोरोना मुक्त
शुक्रबार, वैशाख २६, २०७७
इटालियन क्लब युभेन्ट्सका अर्जेन्टाइन फरवार्ड पाब्लो डिबाला कोरोना मुक्त भएका छन् । ६ साता आइसोलेसनमा बसेपछि उनी कोरोनामुक्त भएका हुन् ।
गाउँको उत्पादन शहरमा खोसाखोस
शुक्रबार, वैशाख २६, २०७७
लकडाउन छ, बाहिर हिड्न छैन, उपभोक्ता घरमै क्वारेन्टाइनमा बसेका छन् । पैसा गोजीमा भएर पनि उपभोक्ताले मनपरेको सरसमान किन्न पाएका छैनन् ।


