Shittalpati
तिनाउ गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता

पाल्पा,फुसको छाना रहित गाउँपालिका बनाउने अभियानमा लागेको जिल्लाको तिनाउ गाउँपालिकाले विपन्न परिवारका लागि जस्ता पाता वितरण गरेको छ । दुई वर्ष अघिदेखि नै अभियान थालेको गाउँपालिकाले शुक्रबार ७२ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको हो । निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता अनुरुप खरको छानो विस्थापित अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उनले भने ‘खरको छानो भएका घर सुरक्षाको दृष्टिकोणबाट असुरक्षित हुने भएकाले पनि यस तर्फ गाउँपालिकाले विशेष ध्यान दिएको हो ।’ ‘राजनीतिक आस्थाका आधारमा नभई साँच्चिकै गरिव र विपन्न वर्गका व्यक्तिलाई आवश्यक्ताको आधारमा जस्ता पाता वितरण गरिएको छ’ अध्यक्ष घर्तीले भने । उनले कोही पनि नागरिक गरिवी र पैंसाका कारणले खरको छानोमा बस्नुपर्ने वाध्यता रहन नदिने प्रतिवद्धता जनाए ।

शुक्रबार मात्रै ति परिवारका लागि गाउँ पालिकाले २ सय ८८ बण्डल कर्कटपाता वितरण गरेको छ । गाउँपालिकाले अभियान अन्तर्गत पहिलो वर्ष २० लाख, दोस्रो वर्ष ३० र यस वर्ष १८ लाख बराबरको जस्तापाता वितरण गरेको अध्यक्ष घर्तीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update