Shittalpati
पाल्पाका पत्रकारको कोरोना बीमा
पाल्पाका पत्रकारको कोरोना बीमा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासघ पाल्पाले ८५ जना पत्रकारको कोरोना बीमा गरिदिएको हो ।
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार जिल्लाका स्थानीय तहहरुले सीमानामा अलपत्र नागरिकलाई उद्दार गरेका छन् । स्थानीय तहहरुको पहलमा रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्दार गरिएको हो ।
काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्यको अन्तिम विदाई
काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्यको अन्तिम विदाई नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको श्रद्धाञ्जली सहित अन्तिम दाहासंस्कार गरिएको छ । जिल्लाका राजनितिक दल, जनप्रतिनिधि, उद्योगी, व्यापारी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायत शुभेच्छुकहरुको उपस्थितीमा आईतबार राम्दीमा अन्तिम दाहसंकार गरिएको हो ।
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी
गुल्मीका स्थानीय तहले दिए विपन्नलाई रोजगारी गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लाका ४८ वर्षीय गोपाल भण्डारी बन्दाबन्दी हुनुभन्दा पहिले गाउँमा मिटर रिडिङ गर्ने गथ्र्थे । बन्दाबन्दीपछि उनको काम बन्द भयो तर अहिले गाउँपालिकाले उनलाई रोजगारी दिएको छ । ‘मिटर रिडिङको काम बन्द भयो, आम्दानीको स्रोत छैन, खर्च बढ्दैछ’, उनले भने, ‘गाउँपालिकाले काम दिएपछि केही सहज भएको छ...
संक्रमण बढेपछि स्थानीय सरकार गुहार माग्दै
संक्रमण बढेपछि स्थानीय सरकार गुहार माग्दै नरैनापुर गाउँपालिकामा ११४ कोरोना संक्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ । गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।
नेकपा र मदन, आश्रित
नेकपा र मदन, आश्रित २६ वर्ष पहिले तत्कालिन नेकपा एमाले नेताहरुले तालु खुइले गिरिजा भारततिर छिरिजा हत्यारो गिरिजा मुद्रवाद भनेर नारा लगाउदै गिरिजा प्रसाद कोइरालालाई हत्याको अरोप लगाए । आरोप लगाउने कमरेडहरु आज सत्तामा छन् । यो प्रसंग हो नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी,संगठन प्रमुख जिवराज आश्रितको दास ढुगां प्रकरणको हो ।
रामपुरमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा
रामपुरमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि शाखाले कृषि सहकारीहरु संग समन्वय गरी शनिबार देखि कृषि एम्बुलेन्स मार्फत तरकारी संकलन तथा विक्री गर्न सुरु गरेको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाले हप्तामा...
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै महासंघले स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्लमा क्रियाशिल सबै पत्रकारलाई २० थान माक्स र दुई सय मिलिलिटर सेनिटाइजर तथा सञ्चार गृहलाई एक सय थान माक्स र एक लिटर...
अपांगता र एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति महिला संघ पाल्पाको गम्भीर ध्यानाकर्षण
अपांगता र एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति महिला संघ पाल्पाको गम्भीर ध्यानाकर्षण सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा महिला संघ पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले एक...
रहेनन् काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्य
रहेनन् काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्य नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको निधन भएको छ । उनको उपचारका क्रममा ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
किसानको तरकारी बजारमा पुर्‍याउन समस्या
किसानको तरकारी बजारमा पुर्‍याउन समस्या व्यावसायिक रूपमा उत्पादित तरकारी विक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा विक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाँडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पुर्‍याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।
Weather Update