Shittalpati
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ तानसेन नगरपालिकाको प्रयासमा तानसेन नगरपालिका ५ स्थित कैलाशनगर र वनदेवी बीचमा निर्माणाधीन वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो
पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा निर्माण गरिएका केही आइसोलेशन कक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आईसोलेशन निर्माण तथा व्यवस्थापन समिति पाल्पाले तानसेन नगरपालिकाको सहयोग र युनाईटेड मिसन अस्पतालको सहयोगमा निर्माण भएको आईसोलेशन कक्षहरुको अनुगमन गरेको हो ।
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह नेपाली काँग्रेस पाल्पाले कोरोना महामारीका बेला जिल्लाका स्थानीय सरकारका काम कारवाही प्रभावकारी हुनुपर्ने कुरालाई महत्वका साथ उठाउँदै आएको छ ।
रैनादेवी छहराले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
रैनादेवी छहराले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड(१९) को असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि विदेशमा रहेका नागरिकहरुको विवरण संकलन गरेको हो ।
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका मध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो ।
पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने
पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने विश्वर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनलाई पाल्पामा थप प्रभावकारी बनाइने भएको छ । मंगलवार बसेको सिसीएमसीको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा जारी राख्ने निर्णय गरेको हो ।
क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’
क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’ कोरोना पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको क्रिमसन अस्पतालले जनाएको छ । उनको विभिन्न सञ्चार माध्यमहरुमा मृत्यु भएको समाचारहरु आएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत
तानसेन १० का विपन्न परिवारलाई काँग्रेसले बाड्यो राहत जिल्लाका स्थानीय सरकारहरुले बन्दाबन्दीका बेला समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका नागरिकहरुलाई राहत वितरण गर्दै आए पनि केही स्थानीय तहहरुले राहत वितरणमा विभेद गरेको गुनासो आएपछि काँग्रेसले राहत नपाएकाहरुलाई राहत वितरण गरेको छ ।
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक  परिचालन गर्ने
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गर्ने जिल्लाको गुल्मीदरबार गाउँपालिकाकाले सरकारले जारी राखेको लकडाउनलाई प्रभावकारी बनाउन स्वयमसेवक परिचालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सात वटै वडाहरुमा पाँच/पाँच जनाका दरले ३५ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री कोरोना तथा कोभिड १९ को सक्रमणबाट बच्न र बचाउन विभिन्न संघ संस्थाले तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जागृति बाल तथा युवा सरोकार केन्द्र, ईन्द्रेणी समाज केन्द्रले तानसेन नगरपालिकालाई कोरोना रोकथाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।
कोरोना महामारीले सिकाएको पाठ
कोरोना महामारीले सिकाएको पाठ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । छिमेकी राष्ट्र चीनबाट फैलिएको महामारी अहिले चीनमा अलिक मथ्थर देखिए पनि अन्य देशहरुमा तिब्र रुपमा फैलिएको छ । अर्को छिमेकी राष्ट्र भारतमा सुरुवाती अवस्थामा त्यति उग्ररुप नलिएता पनि आजसम्म आउँदा भारतमा अवस्था बिग्रदो छ ।
Weather Update