Shittalpati
माथागढी गाउँपालिकाको राहत कोषमा मगर संघको सहयोग

पाल्पा । नेपाल मगर संघ माथागढी गाँउसमितिले कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । जिल्लाको माथागढी गाउँपालिकाले स्थापना गरेको कोरोना राहत सघले पाँच हजार आर्थिक सहयोग गरेको हो । संघले गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरलाई गाउँपालिकामै भेटी उक्त रकम हस्तान्तरण गरेका हुन् । नेपाल मगर संघका जिल्ला अध्यक्ष तेज घर्ती मगरले गाउँपालिकाका अध्यक्ष थापालाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण संघका अध्यक्ष घर्तीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सक्दो सहयोग गरेको बताए । उनले भने ‘गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग रकमले केही भएपनि राहत पुग्ने विश्वास व्यक्त गरे । घर्तीले लामो समय देखिको बन्दाबन्दीका कारण दैनिक ज्यालादारी गररे जीविकोपार्जन गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न गाउँपालिकालाई आग्रह गरे । रकम ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष थापाले नेपाल मगर संघले विपद्का बेला देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update