
पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले वृक्षारोपण गरेको । क्लवले तानसेनको नारायण मन्दिर परिसर मा एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । मन्दिर परिसरलाई हरियाली र सरसफाई गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लवले जनाएको हो । क्लवले मन्दिर परिसरमा धुपी, चाप, रुद्राक्ष, बकाइनो लगायतका ५० वटा बिरुवा रोपेको छ । तानसेनको केन्द्र भागमा रहेको मन्दिर परिसरलाई सुन्दर बनाई पर्यटकहरुको आवगमनलाई आकर्षण गर्न वृक्षारोपणले महत्वपूर्ण टेवा पुर्याउने क्लवका डिस्ट्रिक डेपुटी कोडिनेटर राजेन्द्र लिगलले बताए ।
वृक्षारोपणमा कार्यक्रम संयोजक तथा तानसेन नगरपालिका २ का वडाअध्यक्ष बरुन रेग्मी, क्लब का अध्यक्ष शारदा नेपाल, सचिव समिर मान सिंह, क्लवका अन्य पदाधिकारी र सामाजिक व्यक्तित्वहरुको उपस्थितीमा वृक्षारोपण गरिएको थियो । क्लवले वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरेको हो । मन्दिर परिसरमा नारायण युवा क्लवले पनि दैनिक वृक्षारोपणसँगै सरसफाई गर्दै आएको छ । युवा क्वलले लकडाउनको समयदेखि नै मन्दिर परिसरको झाडी पूर्ण रुपमा सफा गरेको छ भने, अनावश्यक बोट विरुवा, काँटछाँट गरी, हिंडडुल गर्ने ढुङ्गे बाटाहरु सफा गर्दै आएको छ ।