प्रदेश पाँचमा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क
बिहीबार, भदौ ११, २०७७
मिर्गाैला पिडित युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग
बिहीबार, भदौ ११, २०७७
जिल्लाको मिर्गौला पीडित एक युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रेसुङ्गा नगरपालिका १० की २१ वर्षीया मिर्गौला पीडित अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
कोरोना संक्रमित गर्भवतीको मृत्यु
बिहीबार, भदौ ११, २०७७
बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना संक्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
बिहीबार, भदौ ११, २०७७
एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले विहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
उच्च ज्वरोबाट तीनको मृत्यु
बिहीबार, भदौ ११, २०७७
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।
बुटवलको कोरोना अस्पतालमा दुुई संक्रमितको मृत्यु
बिहीबार, भदौ ११, २०७७
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत संक्रमितध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करीब १२ घण्टा बित्न नपाउँदै आज बिहान करीब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।
बैंकका कर्मचारी सहित अग्र भागमा काम गर्नेहरुको परीक्षण
बिहीबार, भदौ ११, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले बैंकका कर्मचारी सहित अग्र भागमा रहेका काम गर्नेहरुको पिसिआर परीक्षण गरेको छ । कोरोना महामारीका बेला अग्र भागमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सार्वजनिक यातायातका गाडी चालकहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरुको...
उपचार नपाएर कोही मर्न नपरोस्
बिहीबार, भदौ ११, २०७७
विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि डर लाग्दो अवस्थामा वृद्वि भएको छ ।
गुल्मी इस्माका युवा जुटे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन
बिहीबार, भदौ ११, २०७७
नेपाल कृषि प्रधान देश भएपनि अझै कृषिमा आत्मनिर्भर हुन सकिरहेको छैन । परम्परागत कृषि व्यवसायीलाई आधुनिकिरण गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुन नसकिरहेका बेला जिल्लाका केही युवाहरु भने प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउने अठोट सहित अगाडि बढेका छन् ।
नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
बुधबार, भदौ १०, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा दुई महिला र ९ पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
बुधबार, भदौ १०, २०७७
जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । तिनाउ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी घरमै बस्दै आएकी महिला भएको बुझिएको छ ।


