पाल्पामा बुधबार १३ संक्रमितले कोरोना जिते
बुधबार, कात्तिक १२, २०७७
यु.के समाज पाल्पाद्वारा क्यान्सर पीडित बालिकालाई सहयोग
बुधबार, कात्तिक १२, २०७७
पाल्पा जिल्ला यु.के समाजले ब्लड क्यान्सरबाट पीडित एक बालिकाको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेको छ । समाजले बगनासकाली गाउँपालिका ३ झर्कदी निवासी अशोककुमार बगाले मगरको ६ वर्षीय छोरी सुअन बगालेको स्वास्थ्य उपचारको लागि २ लाख ५ हजार रुपैँया सहयोग गरेको हो ।
लोप हुँदै मादल बनाउने पेशा
बुधबार, कात्तिक १२, २०७७
मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए ।
दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ
बुधबार, कात्तिक १२, २०७७
दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।
सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस, विपद् न्यूनीकरणमा रेडक्रस
बुधबार, कात्तिक १२, २०७७
संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको छ । यस वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको मूल नारा, ‘विपद् जोखिमका लागि सुशासन’ रहेको छ ।
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, कात्तिक ६, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार पूर्वखोलाका ५ जना, रैनादेवी छहराका २ जना, तिनाउका १ जना र रामपुरका १ जनामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी
बिहीबार, कात्तिक ६, २०७७
पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५/७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए ।
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना
बिहीबार, कात्तिक ६, २०७७
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादी जन्मथलो भई नेपाल प्रहरीमा तत्कालीन समयमा नेपालकै पहिलो खुल्ला प्रतिष्पर्धाद्वारा प्रहरी इन्सपेक्टर पदमा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका पूर्व डि.एस.पी. स्व. कुलनन्द ठाकुर नेपालको स्मृतिमा स्व. कुलानन्द ठाकुर नेपाल स्मृतिप्रथम पुरस्कार स्थापना गरिएको हो...
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो
बिहीबार, कात्तिक ६, २०७७
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आएको छ । कोरोना परीक्षणका लागि तानसेनमा सञ्चालनमा ल्याइएको पिसीआर प्रयोगशालाका लागि थप किट आएको हो । स्वास्थ्य विभागबाट प्राप्त किट पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेयले पाल्पा अस्पताललाई हस्तान्तरण गरेका छन् ।
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था
बिहीबार, कात्तिक ६, २०७७
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।


