पछिल्लो समयमा देशभर २ हजार १ सय ८ संक्रमित निको
मंगलबार, कात्तिक ४, २०७७
राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय
मंगलबार, कात्तिक ४, २०७७
गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यमिक विद्यालयका छात्र राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्वितीय भएका छन् । विश्व मुटु दिवस–२०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानको आयोजनामा भएको निबन्ध प्रतियोगितामा लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयका छात्र सन्देश पौडेल द्वितीय भएका हुन् ।
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
मंगलबार, कात्तिक ४, २०७७
सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
दसैँमा बैंक नखुल्ने
मंगलबार, कात्तिक ४, २०७७
कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैँ विदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादसैँका विदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
मंगलबार, कात्तिक ४, २०७७
प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो ।
बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
मंगलबार, कात्तिक ४, २०७७
रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समीक्षा
मंगलबार, कात्तिक ४, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको कार्यक्रमको एक कार्यक्रमका बिच समीक्षा गरिएको हो ।
कोरोनाको त्रासमा जेलिएको दसैँ
मंगलबार, कात्तिक ४, २०७७
जय देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता, नमोस्तस्यै नमोस्तस्यै नमोस्तस्यै नमोनम : नेपालीहरुको महान चाड दसैँ शुरु भैसकेको छ । वर्ष दिनको चाड मनाउन टाढा–टाढा देश विदेशबाट दसैँ मनाउन घर फर्कनेहरुको लर्को देखिनु पर्ने हो, घर–घरमा रमाइलो हुनु पर्ने हो ।
सरकारबाट जनताले के अपेक्षा गर्ने ?
मंगलबार, कात्तिक ४, २०७७
बहुमत प्राप्त सरकारले पछिल्लो समय जनताको भावना विपरीत निर्णय गर्दै आएको छ । महामारीका बेला जनताप्रति सरकार उत्तरदायी हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
पाल्पामा पाक्यो जापनीज प्रजातिको सुन्तला !
मंगलबार, कात्तिक ४, २०७७
कात्तिक, मंसिरमा सुन्तला पाक्नु त स्वाभाविक नैं हो । तर, भदौ असोजमै सुन्तला पाक्यो भन्ने कुरो अचम्मको हो । हो यस्तै भएको छ पाल्पा जिल्लामा पनि । कात्तिक, मंसिरमा पाक्ने सुन्तला भदौ, असोजमै पाकेर अचम्मै भएको छ ।
गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक
सोमबार, कात्तिक ३, २०७७
गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा नै जारी गरि पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाएको हो ।
पाल्पामा कोरोनाबाट थप दुई पुरुषको मृत्यु, मृतकको संख्या ६ पुग्यो
सोमबार, कात्तिक ३, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ७ का एक जना र २ का एक जना पुरुषको मृत्यु भएको हो ।


