गुल्मीमा गैरदलितले लगाए दलितको हातबाट टीका
शुक्रबार, कात्तिक १४, २०७७
तानसेनमा टिपरले बसलाई ठक्कर दिदा बसमा सवार ८ घाइते
बिहीबार, कात्तिक १३, २०७७
पाल्पाको तानसेन नगरपालिका ७ स्थित सिद्धार्थ राजमार्गमा टिपरले बसलाई ठक्कर दिएको छ । विहिबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्वरको टिपरले विपरीत दिशाबाट आउदै गरेको लु १ ख ९९८२ नम्वरको बसलाई ठक्कर दिएको हो ।
तानसेनका थप ४ जनामा कोरोना पुष्टि
बिहीबार, कात्तिक १३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पा तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।
नेपालको कृषि विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
बिहीबार, कात्तिक १३, २०७७
ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सिर्जना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय...
विषादी सेवनबाट तीनको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा विषादी सेवनबाट तीन जनाको मृत्यु भएको हो ।
पाल्पाको पूर्वखोलामा गोठमा आगलागी हुँदा तीन चौपायाको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका १ अच्किचौरमा घर नजिकैको गोठमा आगालागी हुँदा तीन चौपायाको मृत्यु भएको छ । अच्किचौर निवासी धातानन्द पंगेनिको खरले छाएको २ तले कच्चि गोठमा अचानक आगलागी हुँदा गोठमा भएका एक भैसी, एक पाडो र एक पाडी जलेर मरेका छन् ।
कोरोना कहरका बिच दसैँ
बिहीबार, कात्तिक १३, २०७७
कोरोना कहरका कारण यस वर्षको दसैँ उत्साहजनक हुन सकेन् । विगतमा दसैंका समयमा हुने उत्साह यस वर्ष देखिएन् । अहिले बाध्यता, प्रचलनले मात्र बहुसंख्यक मानिसहरुले घरमा परिवार बिच मात्र दसैँ मनाए ।
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
भारतमा विगत २४ घण्टामा ५ सय ८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ ।
गुल्मीको कालीगण्डकीमा ‘एक घर, एक धारा’ अभियान तीव्र, चालु आर्थिक वर्षलाई खानेपानी वर्ष मनाउँदै
बिहीबार, कात्तिक १३, २०७७
जिल्लाको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका घर–घरमा धारा पुर्याउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।
दैनिक कोरोना सम्बन्धी ब्रिफिङ नहुने
बुधबार, कात्तिक १२, २०७७
दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने भएको छ । आजदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने छ ।


