परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
आइतबार, मंसिर १४, २०७७
आजदेखि सिद्धार्थ राजर्माग बन्द
आइतबार, मंसिर १४, २०७७
आजदेखि सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
परम्परा धान्दै पदम, आम्दानीको स्रोत बन्यो माटोका भाँडा
आइतबार, मंसिर १४, २०७७
कुमाल समुदायको माटोका भाँडा बनाउने परम्परागत पेशा आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसकी लोप हुने अवस्थामा पुगिरहेका बेला गुल्मी इस्माका एक युवाले भने माटोका भाँडालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । इस्मा गाउँपालिका–६ बुल्मका २३ वर्षीय पदम मुखियाले आधुनिक प्रविधिको प्रयोग गरी माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गरिरहेका छन् ।
सडक दुर्घटना नियन्त्रणमा गम्भीर बन
आइतबार, मंसिर १४, २०७७
सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । शुक्रबार मात्र गुल्मीको ईस्मा ४ हुलमा लु१ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाले ज्यान गुमाए भने २ जना घाइते भए ।
कृषि सडकको स्थलगत अनुगमन
आइतबार, मंसिर १४, २०७७
राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले निर्माणाधीन कृषि सडकको स्थलगत अनुगमन गरेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित किसुली—कर्महा, बक्सड–बुद्धनगर सडकको शनिबार अनुगमन गर्दै शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिका जोडनका लागि पुल निर्माणको सर्वे हुन लागेको उनले जानकारी दिए ।
पाल्पामा नेपाल नागरिक अभियान गठन
शनिबार, मंसिर १३, २०७७
पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते
शनिबार, मंसिर १३, २०७७
पाल्पामा थप ६७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शनिबार प्राप्त भएको विहीबार, शुक्रबार र शनिबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ६७ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ४६ जना संक्रमितले कोरोना जितेका छन् ।
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि
शनिबार, मंसिर १३, २०७७
पाल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने २१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार साझाँ स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार बगनासकाली गाउँपालिका १ की ६९ वर्षिया महिलाको निधन भएको हो ।
निकुञ्जमा गैँडा मर्यो
शनिबार, मंसिर १३, २०७७
चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्दार गरिएको थियो ।
कोरोना कहरका बिच रानीमहल सहकारीले मनायो साधारण सभा
शनिबार, मंसिर १३, २०७७
विश्वरभर फैलिएको कोरोना कहरका बिच पनि रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले आफ्नो वार्षिक साधरण सभा मनाएको छ । संस्थाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउदै शनिबार १२ औं बार्षिक साधारण सभा मनाएको हो ।
गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने
शनिबार, मंसिर १३, २०७७
जिल्लाको इस्मा गाउँपालिका नै यतिखेर शोकमग्न बनेको छ । ईस्मा ४ हुलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परी हुलका ६ जनाको ज्यान गएपछि स्थानीय तह नै शोकामा डुबेको हो ।
एनसेलको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि
शनिबार, मंसिर १३, २०७७
निजी सेवा प्रदायक संस्था एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सेवा प्रवाह गर्न थालेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी सेवा दिन थालेको हो ।


