काठमाडौं (एजेन्सी) । निजी सेवा प्रदायक संस्था एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सेवा प्रवाह गर्न थालेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी सेवा दिन थालेको हो । कोरोना महामारीका बिच सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालनागर्दै सेवाप्रवाह गर्न थालिएको एनसेलले जनाएको छ ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य अन्तर्गत यो नयाँ एनसेल सेन्टर एनसेलले सञ्चालनमा ल्याएको हो । यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटि·को जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने जनाइएको छ । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमि· सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् । आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिवद्घता अनुरुप, यस नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवाप्रदान गर्ने छ । आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्व सुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३२ वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।