तानसेनका जात्रा : सांस्कृतिक गाथा
शनिबार, साउन २४, २०८२
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा पाल्पाका ६ दलको आपत्ति
शुक्रबार, साउन २३, २०८२
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा पाल्पाका ६ राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अस्पतालमा छुट
शुक्रबार, साउन २३, २०८२
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्रहकको सेवालाई मध्यनजर गर्दै अस्पतालमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकमा आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले “एमएन अस्पताल” सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेसँगै ग्राहकले छुट पाउने भएका छन् ।
स्तनपान कक्षविहीन पाल्पाका स्थानीय सरकार
शुक्रबार, साउन २३, २०८२
जिल्लाका चार वटा स्थानीय तह अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म यहाँका चार वटा स्थानीय सरकारले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।
तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मल उत्पादन सुरु
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिलोत्तमाका युवाले प्राङ्गारिक मल उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्।
पाल्पामा पाँच देशका भिक्षुहरुको वर्षाबास
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–१ झिगामारामा विभिन्न पाँच देशका बौद्ध भिक्षुहरु वर्षाबासमा रहेका छन् । नेपालसहित, सिङ्गापुर, थाइल्याण्ड, बेल्जियम र मलेसियाबाट भिक्षुहरु वर्षाबासमा रहेका छन् ।
मल छैन, के फलोस् धान
बिहीबार, साउन २२, २०८२
रोपेको धानमा चाहिने मल किसानले पाएका छैनन् । वर्षमा सात लाख टन मल चाहिन्छ भन्ने सरकारलाई सधैं थाहा भएकै कुरा हो । तर साढे दुई लाख टनको आपूर्ति कम भएको छ ।
बहुविवाह कानुन ल्याउन लागेको विरोधमा पाल्पाका महिला संगठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुधबार, साउन २१, २०८२
सरकारले बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन ल्याउन लागेको भन्दै जिल्लामा आवाद्ध महिला संगठनहरुले विरोध जनाएका छन् । यहाँका ६ महिला संगठनहरुले मुलुकी अपराध संहितामा पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेकोमा विरोध जनाउँदै बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय काठमाडौंलाई ज्ञापनपत्र पठाएका छन्...


