माछापुच्छ्रे बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात हुँदै
बिहीबार, मंसिर २५, २०७७
पशुका लागि गुन्द्रुक बनाउँदै
बिहीबार, मंसिर २५, २०७७
पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ ।
मानव अधिकार दिवसको सार्थकता
बिहीबार, मंसिर २५, २०७७
हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर यो दिवस मनाउन लागिएको छ । मानिस भएर जन्मेको कारणले विश्वका जुनसुकै मानिसलाई पनि स्वतः...
तीन दिन बदली हुने
बुधबार, मंसिर २४, २०७७
न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
बुधबार, मंसिर २४, २०७७
रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैनाका ७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
बुधबार, मंसिर २४, २०७७
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
विकल्प खोज्नेतर्फ ध्यान देऊ
बुधबार, मंसिर २४, २०७७
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने छ ।
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल
मंगलबार, मंसिर २३, २०७७
नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी एकताका लागि नेताहरु बिच मन नमिले छुट्टा–छुट्टै बाटो लाग्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार नेकपा प्रचार विभाग पाल्पाको प्रकाशनमा प्रकाशित सूर्य बुलेटिन वितरण तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
पाल्पाको बगनासकालीमा शिशु फाल्ने महिला पक्राउ
मंगलबार, मंसिर २३, २०७७
पाल्पाको बगनासकाली गाउँपालिका १ मा नवजात शिशु जन्माएर फाल्ने एक महिला पक्राउ परेकी छन् । तानसेन नगरपालिका १४ घर भई हाल बगनासकाली गाउँपालिका ३ माईती घरमा बस्दै आएकी २६ वर्षीय हुमा कुमारी दर्जीलाई प्रहरीले मंगलबार साँझा पक्राउ गरेको हो ।
तम्घासमा बजार अनुगमन, अधिकांश पसलमा मूल्यसूची नै छैन
मंगलबार, मंसिर २३, २०७७
जिल्लाको सदरमुकाम तम्घासमा मुख्य बजार क्षेत्रको अनुगमन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, जिल्ला प्रशासन कार्यालय गुल्मी,रेसुङ्गा नगरपालिका उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार लगायतको सहभागितामा रेसुङ्गा नगरपालिका वडा नम्बर एक र दुई वडाका मुख्य बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको हो ।
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ
मंगलबार, मंसिर २३, २०७७
नेपालको चार धामको रुपमा परिचित रुरु क्षेत्र धामको पर्यटकीय धार्मिक गुरुयोजनाको कार्यान्वयको शुभारम्भ भएको छ । नेपालकै नमूना धार्मिक तथा पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्दै धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा रुरु क्षेत्रधामको गुरुयोजना कार्यान्वयन थालिएको हो ।


