पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद
बिहीबार, माघ १५, २०७७
तानसेनमा सवारी कर उठाउन रोकियो !
बुधबार, माघ १४, २०७७
तानसेन नगर सरकारले उठाउदै आएको सवारी कर रोकिएको छ । होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुङ्गाखानी सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउदै आएको कर चौतर्फी विरोधपछि बुधबारदेखि रोकिएको हो । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले यि क्षेत्रमा चल्ने सवारी साधनमा कर उठाउदै आएको थियो...
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
बुधबार, माघ १४, २०७७
लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।
संरक्षक नै गुमाएपछि...
बुधबार, माघ १४, २०७७
कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन्...
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल
बुधबार, माघ १४, २०७७
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिइने प्रतिवद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको बुधबार उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताएका हुन् ।
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
बुधबार, माघ १४, २०७७
लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ग्लोबलको नयाँ शाखारहित बैंकिङ्ग सेवा हुमिनमा
बुधबार, माघ १४, २०७७
ग्लोबल आइएमई बैंकले पाल्पाको रम्भा गाउँपालिका ४, हुमिनको झ्याङ्गसिं पोखरामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २४५ औं शाखारहित बैंकिङ्ग सेवा हुमिनमा सञ्चालन गरेको हो । शाखारहित बैंकिङ्ग सेवाको वडाअध्यक्ष भोजबहादुर बिकले उद्घाटन गरेका छन् ।
नेकपाभित्रको विवाद थप जटिल बन्दै
बुधबार, माघ १४, २०७७
निर्वाचन आयोगले नेकपाको विभाजनलाई अस्वीकार गरिदिएको छ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका विषयमा अध्ययनका लागि लगाएको एक महिनाभन्दा लामो अवधि त्यतिकै खेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षबीचको राजनीतिक विभाजन अनिर्णयको बन्दी बनेको छ ।


