गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास
आइतबार, माघ ११, २०७७
गुल्मीमा मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै वितरणको सुरुवात
आइतबार, माघ ११, २०७७
नेपाल सरकाकरका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै गुल्मीमा वितरण कार्यको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ज्ञवालीलाई परिचय पत्र प्रदान गर्दै वितरण कार्यको सुरुवात गरेको हो । मन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच विवरण दर्ता गराएका थिए ।
लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने
आइतबार, माघ ११, २०७७
लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल
आइतबार, माघ ११, २०७७
नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चाज शंकर पोखरेलले पद र सत्ताको लोभले गर्दा कम्युनिष्टमा विभाजन आएको बताएका छन् । ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई शनिबार तानसेनमा सम्वोधन गर्दै उनले प्रचण्ड–माधव र झलनाथ खनालको सत्ता र पद लोभका कारण कम्युनिष्ट आन्दोलनमा विभाजन आएको बताएका हुन् ।
आज तानसेनमा बजाजको फ्रि सर्भिस क्याम्प हुँदै
आइतबार, माघ ११, २०७७
पाल्पाको तानसेनमा रहेको भैरव अटोमोटिभ्सले आजदेखि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेकोे छ । तानसेनका लागि बजाज मोटरसाईकलको एकमात्र आधिकारिक विक्रेता भैरव अटोमोटिभ्सले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनज गर्दै आइतबार र सोमबारका लागि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो ।
सहिद सप्ताह र यसको सार्थकता
आइतबार, माघ ११, २०७७
शनिबारदेखि सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइने गरिन्छ । सप्ताहको पहिलो दिन हिजो शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरी मनाइएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६५ औं साधारण सभा
शनिबार, माघ १०, २०७७
पाल्पा उद्योग वाणिज्य संघले ६५ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि, संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै पूर्वअध्यक्ष रायमाझीले जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा संघले महत्वपूर्ण भूमिका खेलेको बताए ...
पाल्पामा विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य
शनिबार, माघ १०, २०७७
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा सामान्य देखिएको छ । अरु दिनको तलुनामा लामो तथा छोटो दूरीका गाडी कम चलेका छन् । बन्दका कारण जिल्लाबाट बाहिरिने तथा भित्रिने ठूला गाडीहरु भने चलेका छैनन् । तानसेनमा साना गाडी तथा मोटरसाईकलहरु भने...
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
शनिबार, माघ १०, २०७७
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले...
आजदेखि खोप प्रदेशमा पठाइँदै
शनिबार, माघ १०, २०७७
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
पाल्पामा १० जना कोरोना संक्रमित थपिए
शनिबार, माघ १०, २०७७
पाल्पामा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बिहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले सिकाएको पाठ, विदेशबाट फर्किएका युवा कृषिमा
शनिबार, माघ १०, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेको छ । परिवारको सपना पुरा गर्न विदेशी भूमिमा गएका धेरै युवाहरु जागिर नै गुमेपछि अहिले स्वदेश फर्किएका छन् । कति युवाहरुले जागिर गुमाई बेरोजगार भएकोमा पछुताएका छन् भने कति युवाहरुले कोरोना महामारीलाई अवसरका रुपमा लिएर स्वरोजगारतर्फ उन्मुख भएका छन् । पाल्पामा सयौंको...


