Shittalpati
कोरोनालाई खेलाँची नठानौं
कोरोनालाई खेलाँची नठानौं पछिल्लो समय नेपालमा कोरोना भाइरसको सक्रमणको अवस्था केही मात्रमा घट्दै गए पनि पुनः उकालो लाग्न थालेको छ । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो । छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ...
पाल्पामा शिक्षक परीक्षामा धाँधली भएको गुनासो
पाल्पामा शिक्षक परीक्षामा धाँधली भएको गुनासो पाल्पा, शिक्षक परीक्षामा धाँधली भएको पाइएको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको पाइएको हो ।
राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारी
राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारी तानसेन नगरपालिका ५ को वडा कार्यालयमा राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारीहरु । सरकारले आमनागरिकहरुलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको यो अभियानमा नागरिकहरुको उत्साहजनक रुपमा सहभागिता भइरहेको वडा अध्यक्ष रामबहादुर रावलले बताए ।
युनाईटेड फाईनान्सको २५ औं शाखा तानसेनमा
युनाईटेड फाईनान्सको २५ औं शाखा तानसेनमा युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो नयाँ शाखा पाल्पाको तानसेनमा विस्तार गरेको छ । फाईनान्सले २५ औं शाखाको रुपमा तानसेनको विशाल बजारमा विस्तार गरेको हो ।
पाल्पामा वनक्षेत्र अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइयो
पाल्पामा वनक्षेत्र अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइयो जिल्लाको तिनाउ गाउँपालिका–१ कचल सानीउदाङमा वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा हटाउन आगो लगाइएको छ । राष्ट्रिय वन अतिक्रमण गरी अस्थायी घरटहरा बनाएर अतिक्रमण गरिएको उजुरीपछि टहरा हटाउन आगो लगाइएको हो ।रुपन्देही, रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले व्यवसायिक प्रयोजनका लागि वनको जग्गा अतिक्रमण गरि टहरा निर्माण गरेका थिए ।
कौसी खेती गर्न जुटे तानसेनका महिला
कौसी खेती गर्न जुटे तानसेनका महिला पछिल्लो समय सहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहरवासीको आकर्षण बढ्न थालेको छ । आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेपछि अधिकांशले घरको कौसीमै भए पनि धेरथोर तरकारी लगाउन थालेका छन् । सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन समेत मुस्किल छ ।
बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतना
बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतना जिल्लाको बगनासकाली गाउँपालिकाका वडाहरुमा जन्मदर्ता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. १, २ र ६ मा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।कार्यक्रमा जन्मदर्ता सम्बन्धी कानुनी व्यवस्था, जन्मदर्ता सम्बन्धी भएका निर्देशन तथा परिपत्रहरू सम्बन्धी जानकारी, जन्मदर्ताको आवश्यकता र महत्व, बालमैत्री व्यवहार, बाल अधिकार, जन्मदर्ताको लागि संलग्न गर्नुपर्ने...
माथागढीमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुँद
माथागढीमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुँद जिल्लाको माथागढीमा गाउँपालिका स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सव हुन लागेको छ । खेल क्षेत्रको विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आगामी बैशाख ९ गतेदेखि ११ गतेसम्म महोत्सव हुन गइरहेको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव वडा नम्बर ३ कसेनी सराईको फुलबारीमा हुने गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मधुपराजुलीले जानकारी...
विपन्न तथा कुमाल समुदायका युवालाई कम्प्युटर तालिम
विपन्न तथा कुमाल समुदायका युवालाई कम्प्युटर तालिम जिल्लाको माथागढी गाउँपालिका भित्रका विपन्न कुमाल समुदायका युवाहरुलाई कम्प्युटर तालिम दिइएको छ । गाउँपालिकाको आयोजना तथा मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा विपन्न तथा कुमाल समूदायका युवाहरुका लागि कम्प्युटर तालिम र होजियारी तालिम दिइएको हो ।
होली पर्व र तानसेनको संस्कृति
होली पर्व र तानसेनको संस्कृति विगतमा होलीको बेला नेवारी समुदायमा गाइने यी हरफहरु आज पनि त्यतिकै लोकप्रिय छन् । रंगीन होली हाम्रो अगाडि आइसकेको छ । हुन त होलीलाई कसैले होली भन्छन् त कसैले फागु । आफ्ना घर परिवार, आफन्त, साथीभाई मिलेर हर्षोउल्लासका साथ अविर लगाई दिने, विभिन्न रंग र पानीले छ्याप्ने, नाचगान गरी मनोरञ्जन...
Weather Update