पाल्पामा फेरी देखिन थाल्यो कोरोना, थप १२ जनामा संक्रमण
बुधबार, चैत ११, २०७७
एसबिआई बैंकद्वारा विद्यालयलाई वाटर प्लान्ट
बुधबार, चैत ११, २०७७
गुल्मी, एसबिआई बैंकले जिल्लाको एक विद्यालयलाई वाटर प्लान्ट सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी बनाउने वाटर प्लान्ट सहयोग गरेको हो ।
शिक्षकहरुलाई स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न आग्रह
बुधबार, चैत ११, २०७७
पाल्पा, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।
भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड
बुधबार, चैत ११, २०७७
बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ ।
बार्सिलोनाको उत्कृष्ट प्रदर्शन कायमै
बुधबार, चैत ११, २०७७
स्पेनिस क्लब बार्सिलोनाले २०२१ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । सन् २०२०–२१ को सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले नयाँ वर्ष शुरु भएपछि ला लिगामा स्थिर प्रदर्शन जारी राखेको छ । क्याटलान क्लबले ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ र उपाधि होडमा पनि आफूलाई...
पशुपालक किसानलाई अनुदान
बुधबार, चैत ११, २०७७
रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिक रुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई ४८ लाख ८७ हजार ४ सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।
लुम्बिनीमा आन्तरिक पर्यटक बढ्दै
बुधबार, चैत ११, २०७७
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।
नेपालमा फेरी बढ्दै कोरोना संक्रमण
बुधबार, चैत ११, २०७७
नेपालमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर गर्दा १ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यो सहित कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार...
आज विश्व क्षयरोग दिवस मनाईदै
बुधबार, चैत ११, २०७७
आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘द क्लक इज टिकिंग’ अर्थात् ‘समय बितिरहेको छ’ भन्ने सन्देसहित आज क्षय रोग दिवस मनाउन लागिएको हो । मार्च २४ तारिकका दिन हरेक वर्ष नेपालमा विभिन्न कार्यक्रम गरि दिवस मनाउने गरिन्छ ।
लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कृषि परियोजना , आठ महिनामा २५ प्रतिशत आर्थिक प्रगति
बुधबार, चैत ११, २०७७
सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लुम्बिनी प्रदेशमा सन्तोषजनक देखिएको छ ।वि.स.२०७३ देखि २०८२ मा सम्पन्न गर्ने गरी प्रदेशका १२ वटै जिल्लामा सञ्चालन भएको परियोजनाले दोस्रो चौमासिकमा २५.६४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको पाइएको छ ।
क्षयरोग दिवसको सार्थकता
बुधबार, चैत ११, २०७७
हरेक बर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । ‘द क्लक इज टिकिंग’ अर्थात ‘समय बितिरहेको छ’ भन्ने नारा सहित यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।
रहेनन् महान जनयुद्धका सशक्त योद्धा विरबल
मंगलबार, चैत १०, २०७७
महान जनयुद्धका सशक्त योद्धा गिरबहादुर थापा विरबलको निधन भएको छ । लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।


