गुल्मी, एसबिआई बैंकले जिल्लाको एक विद्यालयलाई वाटर प्लान्ट सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी बनाउने वाटर प्लान्ट सहयोग गरेको हो ।
रेसुङ्गा नगरपालिका–९ मा अवस्थित फरक क्षमता भएका विद्यार्थीहरु अध्ययनरत विद्यालयका लागि बैंकले दुई थान वाटर प्लान्ट हस्तान्तरण गरेको छ । रिभर अस्मोसिस विधिबाट पानी शुद्धिकरण गर्ने २ थान वाटर प्लान्ट बुधबार एक कार्यक्रमका बिच बैंकका लुम्बिनी प्रदेश म्यानेजर डिकेन्द्र खड्काले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै खड्काले फरक क्षमता भएका विद्यार्थीहरूको लागि सहयोग गर्न पाउँदा बैंक उत्साहित भएको बताए । उनले आगामी दिनमा पनि बैंकले सहयोग प्रतिवद्धता जनाएका छन् ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई उक्त उपकरण हस्तान्तरण गरिएको बैंकका गुल्मी शाखा प्रवन्धक आनन्द उपाध्यायले बताए । विद्यालयमा रहेका फरक क्षमता भएका विद्यार्थीलाई लक्षित गरी उक्त सामग्री हस्तान्तरण गरिएको उपाध्यायले बताए । वाटर प्लान्ट मेसिनको पानी अन्य विद्यार्थीहरूले समेत प्रयोग गर्न सक्ने भएकाले विद्यालयका लागि उपयोगी हुने बताइएको छ । प्रधानाध्यापक पिङ्की भुसालले शुद्ध खानेपानीको अभावमा विद्यार्थीहरु विरामी पर्ने जस्ता कारणहरुबाट अब छुटकारा पाएको बताउँदै बैंकलाई धन्यवाद दिईन ।