गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता
शुक्रबार, मंसिर १२, २०७७

ट्याक्सी दुर्घटनामा चालकको निधन
बुधबार, मंसिर १०, २०७७
ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाईते
बुधबार, मंसिर १०, २०७७
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, चहलासिमलमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार साँझ पराल बोकेर चहलातर्फ आउँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रैनादेवी छहरा–६, का १९ वर्षीय रमन भट्टराईको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना, दुई घाइते
सोमबार, मंसिर ८, २०७७
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना भएको छ । आज (सोमबार) साझाँ रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छाडी फर्कने क्रममा लु १ ज २१६३ नं.को जिप दुर्घटना भएको हो ।

टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु
सोमबार, मंसिर ८, २०७७
टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पाका एक युवाको बुटवलमा मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको नयाँ बसपार्कमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो ।

पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु
सोमबार, मंसिर ८, २०७७
जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना भएको छ । आज (सोमबार) विहान रामपुर ७ बट्टार स्थित डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटी अचानक अनियन्त्रित भई दुर्घटना भएको हो ।

अव्यवस्थित पार्किङ्ग र सडकले तानसेन कुरुप बन्दै गएपछि सरोकारवालाको चासो
बिहीबार, मंसिर ४, २०७७
तानसेनमा अव्यवस्थित पार्किङ्ग र सडकलाई व्यवस्थित गरिने भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजारका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने, सडकपेटी र सडक छेउमा पसलहरु राख्नले नगर क्षेत्र नै कुरुप देखिन थालेपछि यसलाई व्यवस्थित गर्न थालिएको हो ।

जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते
बुधबार, मंसिर ३, २०७७
गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पूर्वखोलाका बेपत्ता पुरुषको जंगलमा शव भेटियो
शुक्रबार, कात्तिक २८, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिकाका २ का बेपत्ता एक पुरुषको जंगलमा शव भेटिएको छ । १० दिनदेखि बेपत्ता भएका ४५ वर्षीय केयर सिँह दर्लामीको घर नजिकैको जंगलमा शव भेटिएको हो ।

ट्रक दुर्घटनामा तीनको मृत्यु
बिहीबार, कात्तिक २७, २०७७
काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।

दाउरा निकाल्न जाँदा कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता
बुधबार, कात्तिक २६, २०७७
पाल्पाको रामपुर नगरपालिका–१० शिकोडाँडा स्थित कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता भएका छन् । नदी किनारमा दाउरा निकाल्ने क्रममा डुवेर स्याङ्जा गल्याङ नगरपालिका ९ का ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।

सडक स्तरोन्नतीको काम हुने भएपछि बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने
सोमबार, कात्तिक २४, २०७७
तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक,माल्मुल –जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको हो ।