गुल्मी । रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रिडी–रुद्रवेणी–हर्मीचौर सडक खण्डको २१ किलोमिटर सडकको कालो पत्रे गर्न सुरु भएको छ । सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एक कार्यक्रमका बिच कालोपत्रे गर्ने कार्यको शुभारम्भ भएको छ । करिडोर अन्र्तगत गुल्मीको रिडी–रुद्रवेणी–हर्मिचौर सडकको ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँको लागतमा कालो पत्रे गर्ने कार्य सुरु भएको हो । निर्माण कम्पनीले ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने ठेक्का सम्झौता भएको छ ।
कालोपत्रे निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री ज्ञवालीले कालीगण्डकी करिडोर कुनै जिल्ला विशेषको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताए । उनले भारत र चिन जोड्ने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा ठूलो प्रभाव पार्ने बताए । कालीगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेविबिच ०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले बताए । सडकको सम्झौता अनुसार सडक ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर छ । कालीगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत र बाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ । कालीगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउन दुई दिन लाग्ने पुर्तिघाट र हर्मीचौरका नागरिक अहिले एक घण्टामा आउन थालेको बताए । करिडोरका कारण शाखा सडक पुगेका नागरिकहरुको पनि आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याएको स्थानीयो भनाई छ । करिडोर निर्माणको लागि गुल्मीमा ०७० सालमा श्री कालिगण्डकी करीडोर सडक निर्माण कार्यदल गठन गरेर सेनाले सडक निर्माण गर्दै आएको छ । करिडोर अन्र्तगत रिडी पालु·खोला खण्ड ४२ किलोमिटर र बाग्लु·को मालढु·ा टाकुर पालु· खोला ३८ किलोमिटर गरि करिव ८० किलोमिटर सडकको ट्रयाक सेनाले खोलेको थियो । –अनिल खत्रीबाट