Shittalpati
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो । 
कोरियामा काम गरेर फर्किएकालाई पुनः अवसर
कोरियामा काम गरेर फर्किएकालाई पुनः अवसर कोरियामा पाँच वर्ष बसेर काम गरी फर्केकाहरुलाई पुनः जाने अवसर दिइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि फेरी जान चाहेमा  पुनःभाषा परीक्षा दिएर जान सक्ने अवसर दिएको हो ।
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । 
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । 
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो पाल्पाको सदरमुकाम तानसेनका किराना पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो ।
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।
सार्वजनिक यातायातको भाडादर घट्यो
सार्वजनिक यातायातको भाडादर घट्यो पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो ।
हवाई भाडा बढ्ने
हवाई भाडा बढ्ने आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् ।
होटल व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
होटल व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण तथा  सपथ ग्रहण गराइएको छ । संघको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनवाट नवनिर्वाचित कार्यसमितिलाई एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।
सरकारी खाता रोक्का
सरकारी खाता रोक्का देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । 
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड,...
Weather Update