पाल्पा, सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकलाई सुविधा उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गर्दै आएको छ ।सम्झौतासँगै बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका ग्राहकले जनकपुरमा रहेको होटल राजदरबार एण्ड नवरङ्ग रिसोर्ट, होटल वेलकम, होटल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरुमा १० देखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस्तै बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा पनि अधिकतम २० प्रतिशत छुट पाउने छन् । यसैगरी ललितपुरको भैंसेपाटीमा रहेको अर्बन स्माइल डेन्टल केयर प्रा.लि. का सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट पाउने छन् । यसैगरी काठमाडौंको न्युरोड स्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवामा पनि २५ प्रतिशतसम्म छुट पाउने सम्झौतामा उललेख छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।