Shittalpati
सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड
सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड सहकारी तथा वित्तिय संस्थाका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला सहकारी संघ पाल्पाले तानसेनमा जिल्ला भित्रका प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापकहरुलाई संस्थाको सुशासन र सही व्यवस्थापनका लागि सञ्चालन गरेको अभिमूखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट 
ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट  ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । 
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य
गत आवमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।
तेइस ठेकेदार कम्पनी कालोसूचीमा
तेइस ठेकेदार कम्पनी कालोसूचीमा विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।
पाल्पामा अडानले मनायो १८ औं स्थापना दिवस
पाल्पामा अडानले मनायो १८ औं स्थापना दिवस लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले १८ औं स्थापना दिवस मनाएको छ । अडानले तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । 
अप्पर हाइड्रोको आइपीओ खुला
अप्पर हाइड्रोको आइपीओ खुला अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणको लागि आइपीओ खुला गरेको हो । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सिटिजन्सका ग्राहकलाई क्रिमसन अस्पतालमा छुट
सिटिजन्सका ग्राहकलाई क्रिमसन अस्पतालमा छुट सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
निरन्तर घटेको नेप्से बढ्यो
निरन्तर घटेको नेप्से बढ्यो मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से बुधबारदेखि भने बढेको छ । बुधबार घट्न रोकिएर सामान्य वृद्धि भएको नेप्से बिहिबार पनि बढेको हो ।
लक्ष्यअनुसार राजस्व उठेन
लक्ष्यअनुसार राजस्व उठेन दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको  राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था हेर्दा निकै दयनीय रहेको देखिएको छ ।
वनमारा मासेर डाँडैभरी अम्रिसो
वनमारा मासेर डाँडैभरी अम्रिसो बाह्र वर्ष अघि बन मारा, घगालु र काम नलाग्ने बुट्यानले झाडी रहेको ढोलीमाराको डाँडा अहिले अम्रिसोले हराभर भएको छ । कहीं कतै मात्र रुखबिरुवा छन् तर अम्रिसोले डाँडा पुरै हराभरा भएको छ । अम्रिसोले डाँडा मात्रै हराभरा भएको छैन, स्थानीयको आम्दानीको बलियो स्रोत पनि बनेको छ ।
महिलालाई क्रेडिट कार्ड निःशुल्क
महिलालाई क्रेडिट कार्ड निःशुल्क महिलाले निःशूल्क रुपमा क्रेडिट कार्ड पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको हो । बैंकले श्रावण स्पेसल अफर अन्तर्गत यो सेवा दिन लागेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ...
Weather Update