ग्लोबल बैकको दसैँ विशेष टिकटकमा ६० हजार जित्ने अवसर
आइतबार, असोज २८, २०८०
सात वर्ष बित्दा समेत बनेन् कालीगण्डकीमा पक्की पुल
शनिबार, असोज २७, २०८०
पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् ?
शित्तलपाटी डटकमका लेखक अर्याल पुरस्कृत
शुक्रबार, असोज २६, २०८०
शित्तलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिकका लेखक दुर्गा अर्याल राष्ट्रियस्तरको लेखन प्रतियोगिताबाट पुरस्कृत भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल पत्रकार महासंघ तथा नेपाल विजनेस इन्सिच्युटको संयुक्त आयोजनामा भएको लेखन प्रतियोगिताबाट नगद सहित अर्याल पुरस्कृत भएका हुन् ।
पाल्पामा चाइनिज कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर प्लान्ट
बिहीबार, असोज २५, २०८०
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल
मंगलबार, असोज २३, २०८०
बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको सोमबार भएको २५ औं अधिवेशनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका हुन् ।
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने
सोमबार, असोज २२, २०८०
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् ।
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा
सोमबार, असोज २२, २०८०
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा आएको छ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र तीन लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना
आइतबार, असोज २१, २०८०
लुम्बिनी प्रदेश सभा सदस्य एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्ने बताएका छन् । शनिबार श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाकोे २३ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले अबको प्रतिस्पर्धा त्यसैमा हुनुपर्ने बताएका हुन् ।
सोमबारदेखि दसैंका लागि टिकट खुला, भाडा नबढ्ने
आइतबार, असोज २१, २०८०
यस वर्षको दसैँका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् यही असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित
शनिबार, असोज २०, २०८०
तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।
श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा
शनिबार, असोज २०, २०८०
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३ औं वार्षिक साधारणसभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता
शनिबार, असोज २०, २०८०
एभरेष्ट बैंक लिमिटेडले ले चालकहरुलाई वित्तिय साक्षरता दिएको छ । उसले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीमा आवद्ध चालकहरुलाई वित्तीय साक्षरता दिएको हो ।
माछापुच्छ्रे बैंक २४ वर्षमा, ल्यायो नयाँ योजना
शुक्रबार, असोज १९, २०८०
माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । बैकिङ्ग क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बैंकले २४ वर्षे यात्रा तय गरेको हो । बैंकले एक औपचारिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ ।


