Shittalpati
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।  जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरे ।
चालु पुँजी कर्जाको सीमा बढ्यो
चालु पुँजी कर्जाको सीमा बढ्यो नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो ।
स्याङ्जाको छुर्पी अमेरिका निर्यात
स्याङ्जाको छुर्पी अमेरिका निर्यात स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध संकलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएको समेत बताए ।
आइपिओ जारी गर्दै भिजन लुम्बिनी
आइपिओ जारी गर्दै भिजन लुम्बिनी सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धधक भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्न लागेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको लागि यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्न लागेको हो ।
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी 
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी  नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् ।
आज १० अर्बको विकास ऋणपत्र जारी हुँदै
आज १० अर्बको विकास ऋणपत्र जारी हुँदै नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्न लागेको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले  छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय
एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । 
बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत
बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।
विज्ञापन कारोबारमा हुने बेथिति रोक्न विज्ञापन बोर्ड अग्रसर
विज्ञापन कारोबारमा हुने बेथिति रोक्न विज्ञापन बोर्ड अग्रसर सञ्चारमाध्यममा विज्ञापन कारोबारका क्रममा हुँदै देखिएका बेथिति रोक्न नयाँ नियमावली आएसँगै सोको कार्यान्वयनका लागि नेपाल सरकारको विज्ञापन बोर्ड अग्रसर भएको छ । विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को पहिलो संशोधन ९२०८०० मन्त्रिपरिषद्को गत साउन १६ गतेको बैठकबाट स्वीकृत भएपछि सञ्चारमाध्यमको स्तर निर्धारण, विज्ञापनको दररेट सार्वजनिक र विज्ञापन एजेन्सीको कारोबारलाई पारदर्शी...
लुम्बिनीमा आन्तरिक आय छ अर्ब पुर्‍याउने लक्ष्य
लुम्बिनीमा आन्तरिक आय छ अर्ब पुर्‍याउने लक्ष्य लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताए । 
‘सिकेको सिपलाई व्यवहारमा उतारौं, रोजगारी आफै प्राप्त हुन्छ’
‘सिकेको सिपलाई व्यवहारमा उतारौं, रोजगारी आफै प्राप्त हुन्छ’ लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । शनिबार शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि तथा कस्मोपोलिटन कन्सल्टेण्ट एण्ड टेक्निकल एजुकेशन प्रालि पाल्पाले आयोजना गरेको विभिन्न सीपमूलक कार्यक्रमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उनले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका...
Weather Update