Shittalpati
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेको हो ।
आज पाल्पा महोत्सवको अन्तिम दिन
आज पाल्पा महोत्सवको अन्तिम दिन वैशाख १४ गतेदेखि सुरु भएको पाल्पा महोत्सवको आज अन्तिम दिन हो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको १३ औं पाल्पा महोत्सव आज सकिदै छ । महोत्सवको समय थपिनेमा धेरैले अनुमान गरे पनि आयोजकले मेला आजै समापन गर्ने जनाएको छ । पानीका कारण केही दिनको महोत्सव प्रभावित भएकाले महोत्सवको...
घट्यो इन्धनको खपत
घट्यो इन्धनको खपत पछिल्लो समय नेपालमा इन्धनको खपत घटेको छ । आर्थिक मन्दीका कारण इन्धनको खपत घटेको हो । अर्थतन्त्र चलायमान हुँदा इन्धनको खपत बढी हुने गरे पनि अहिले अर्थतन्त्र संकटग्रस्त भएकाले मागमा पनि कमी आएको छ ।
इसेवाको अफर :‘एकमा चार’
इसेवाको अफर :‘एकमा चार’ भुक्तानी सेवा प्रदायक इसेवाले आकर्षक अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘एकमा चार’ नामक अफर ल्याएको हो ।
नेपालीको बढ्यो प्रतिव्यक्ति आय
नेपालीको बढ्यो प्रतिव्यक्ति आय नेपालीको प्रतिव्यक्ति आय बढेको छ । प्रतिव्यक्ति आय बढेर वार्षिक एक हजार तीन सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार छ सय ८३ पुगेको हो । राष्ट्रिय तथ्याड्ढ कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याड्ढ सम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक...
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा यथावत् राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा, मट्टितेल ३ रुपैयाँ ४८ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटाएर पठाए पनि नेपाल आयल निगमले भने यथावत् राखेको...
कुमारी बैंकको संस्थापक शेयर लिलामीमा
कुमारी बैंकको संस्थापक शेयर लिलामीमा कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर मंगलबारदेखि लिलामीमा ल्याएको हो ।
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।
१३ औं पाल्पा महोत्सव जारी, दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै
१३ औं पाल्पा महोत्सव जारी, दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै १३ औं पाल्पा महोत्सवमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । वैशाख १४ गतेदेखि सुरु भएको महोत्सवमा २२ हजार बढी दर्शकले अवलोकन गरिसेका छन् । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको तेस्रो दिन शनिबार परेकोले पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रह्यो ।
नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुल्यो
नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुल्यो नेपालमा उत्पादित सवारी दर्ता गर्न बाटो खुलेको छ । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएसँगै दर्ताका लागि बाटो खुला भएको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ ।
एभरेष्ट बैंकले गाडी किन्न कर्जा दिने
एभरेष्ट बैंकले गाडी किन्न कर्जा दिने एभरेष्ट बैंक लिमिटेडले गाडी किन्न कर्जा दिने भएको छ । उसले एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, ट्रिपर किन्नका लागि कर्जा दिने भएको हो ।
Weather Update