Shittalpati
व्यापार घाटा रु १२ खर्ब चार अर्ब
व्यापार घाटा रु १२ खर्ब चार अर्ब चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ  प्रतिशतले बढेको थियो । 
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण पन्त ग्लोबल कन्सल्टयान्सीले सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारीहरुले ग्राहक सेवा विभागमा गरिने विविध कार्यहरुमा उच्चस्तरको सेवा सुविधामा जोड दिने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम गरिएको हो ।
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो सरकारले आर्थिक विधेयक, २सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको...
वार्षिक आम्दानी अनुसार कति तिर्ने आयकर ?
वार्षिक आम्दानी अनुसार कति तिर्ने आयकर ? सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ ।
अनुदान कटौतीले प्रदेश सरकार सकसमा
अनुदान कटौतीले प्रदेश सरकार सकसमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट व्यवस्थापनमा प्रदेश सरकारलाई सकस देखिएको छ । संघीय सरकारले नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारलाई दिने विभिन्न अनुदान घटाएसँगै बजेट व्यवस्थापनमा सकस देखिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेर आयो
पेट्रोलियम पदार्थको मूल्य बढेर आयो पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
गुल्मीका स्थानीय तहलाई ४ अर्ब ५३ करोड बढीको बजेट
गुल्मीका स्थानीय तहलाई ४ अर्ब ५३ करोड बढीको बजेट संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले पाउने छन् । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार स्थानीय तहले पाउने रकम गत वर्षको भन्दा केही घटेको छ ...
सहयोग नहुँदा गौधाम टिकाउनै समस्या
सहयोग नहुँदा गौधाम टिकाउनै समस्या स्याङ्जाको गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवं आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् । गोठाला खर्च, गाईका लागि घाँस, पराल, गोठ तथा चरन क्षेत्रको अभाव भएपछि समस्या...
पाल्पाका स्थानीय तहलाई ४ अर्ब १६ करोड बढीकोे बजेट
पाल्पाका स्थानीय तहलाई ४ अर्ब १६ करोड बढीकोे बजेट सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार पाल्पाका दुुई नगरपालिका र आठ गाउँपालिकाका लागि ४ अर्ब १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ३ अर्ब ७४...
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ । 
Weather Update