Shittalpati
नागरिक सहकारीको दोस्रो अधिवेशन ,  अध्यक्षमा पुनः झमन 
नागरिक सहकारीको दोस्रो अधिवेशन , अध्यक्षमा पुनः झमन  श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्था तानसेनको अध्यक्षमा पुनः झमनबहादुर राजमगर निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिबार तानसेनमा भएको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले झमनलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
तानसेनमा पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिम
तानसेनमा पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिम तानसेनमा सञ्चालित पाँच दिने स्टेज उद्घोषण तथा पत्रकारिता तालिम सकिएको छ । इजी लाईफ मल्टिप्रपोज कम्पनीको आयोजनामा सञ्चालित तालिम  बिहीबार सकिएको हो । तालिमको पाल्पा उद्योग वाणिव्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले एक औपचारिक कार्यक्रमका बिच समापन गरेका हुन् ।
पाल्पा जेसीजको समन्वयमा विद्या मन्दिरमा छाना र ढोका
पाल्पा जेसीजको समन्वयमा विद्या मन्दिरमा छाना र ढोका पाल्पा जेसीजले जिल्लाको बगनासकाली–१ खोरबारीस्थित बुद्ध शान्ति सामुदायिक विद्या मन्दिरमा छाना र ढोका राख्नका लागि सहयोग गरेको छ । यहाँ छाना र व्यवस्थित ढोका नहुँदा बालबालिकाहरुलाई पठन–पाठनमा समस्या उत्पन्न भएको अवस्थालाई दृष्टिगत गर्दै जेसीजको समन्वयमा छाना (ट्रस) र फलामको ढोका राखिएको हो ।
‘व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्छ’
‘व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्छ’ प्रतिनिधि सभा सदस्य नारायण आचार्यले व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्ने बताएका छन् । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा जल्पा महिला कल्याण परिवारको आयोजनामा जल्पामा सञ्चालित ५ दिने महिलाहरुको क्षमता अभिवृद्धि कार्यशालाको समापनलाई सम्बोधन गर्दै सांसद आचार्यले यस्तो बताएका हुन् ।
सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण
सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण पछिल्लो समय कृषि उत्पादन र बजारीकरणमा सहकारीले लगानी बढाएका छन् । बचत र ऋणमा मात्रै केन्द्रित हुँदै आएका सहकारी पछिल्लो समय कृषिजन्य उत्पादन र बजारीकरणमा लागेका हुन् । जिल्ला सहकारी संघ पाल्पाका अनुसार पाल्पामा ३ सय ९ सहकारी छन् ।
अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पाण्डेय
अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पाण्डेय जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्ने बताएका छन् । शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २४ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले पछिल्लो समय सहकारीहरुमा समस्या देखा परेकाले अब सहकारीहरु प्रविधिमैत्री बन्न आवश्यक रहेको बताएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबारदेखि पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो ।
 नेपाल डेरी एशोसियसन  पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा  तानसेनमा 
 नेपाल डेरी एशोसियसन  पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा  तानसेनमा  डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा  पाल्पाको तानसेनमा भएको छ ।
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक रानीमहल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभा गरेको छ । संस्थाले शनिबार तानसेनमा १५ औं साधारण सभा गरेको हो ।  
सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने
सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । 
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु
पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री सुरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेकोे छ । उक्त चामल बिक्री कार्यक्रम शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुरुप पौष्टिकतत्व स्तरोन्नति गरिएको चामलमा सबै नेपालीको पहुँच पुग्ने बताए । 
ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध
ठगिएका सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । 
Weather Update