अझै २० प्रतिशत गरिबीको रेखामुनि
मंगलबार, फागुन १, २०८०

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
मंगलबार, फागुन १, २०८०
नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

मानव अधिकार संगठनको राष्ट्रिय सम्मेलन पाल्पामा, संगठनको अध्यक्षमा अर्याल
सोमबार, माघ २९, २०८०
नेपाल मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन पाल्पाको ऐतिहासिक नगर तानसेनमा भएको छ । संगठन पाल्पा शाखाको आयोजनामा सोमबार राष्ट्रिय सम्मेलन २०८० भएको हो ।

बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव
सोमबार, माघ २९, २०८०
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २७ औं वार्षिकउत्सव मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले सोमबार विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकउत्सव मनाएको हो ।

डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ
सोमबार, माघ २९, २०८०
डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

सुस्त गतिमा लुम्बिनी प्रदेश सरकार
सोमबार, माघ २९, २०८०
लुम्बिनी प्रदेश सरकारको कामको गति अत्यन्त सुस्त रहेको छ । विकास निर्माणदेखि जनजीविकासम्मका काममा प्रदेश सरकारले गर्विलो उपस्थिति देखाउन सकेको छैन । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको प्रदेश सरकारको कामको गति सुस्त देखिएको हो ।

सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण
आइतबार, माघ २८, २०८०
राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएक हुन् ।

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन
आइतबार, माघ २८, २०८०
लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको...
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा
आइतबार, माघ २८, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् ।
1707630125.jpg)
पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता
आइतबार, माघ २८, २०८०
कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो ।

पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल
शनिबार, माघ २७, २०८०
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय र अपमान हुने गरी काम नहुने बताएका छन् ।

नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित
शनिबार, माघ २७, २०८०
नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । तानसेनमा एक औपचारिक कार्यक्रम गरी संघले सभा गरेको हो ।

लिम्बू भाषाको वंशावली सार्वजनिक
शनिबार, माघ २७, २०८०
लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा वंशावली सार्वजनिक भएको थियो ।