सुरक्षा योजना बनाएर काम गर्छु : एसपी चन्द
बुधबार, फागुन ९, २०८०

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
बुधबार, फागुन ९, २०८०
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैंछ । हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको हो । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ ।

वार–पार नभएका फाइलहरु खोलेर अनुसन्धान गर्छु : पाल्पा प्रहरी प्रमुख चन्द
मंगलबार, फागुन ८, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले हालसम्म टुंगो नलागेका फाइलहरु खोलेर अनुसन्धान अगााडि बढाउने बताएका छन् ।

सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ
मंगलबार, फागुन ८, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मौसममा बदली बिहीबारसम्म रहने
मंगलबार, फागुन ८, २०८०
पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

संकटमा प्रजातन्त्र
मंगलबार, फागुन ८, २०८०
७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

१२ घण्टा शिक्षकको निगरानीमा विद्यार्थी
मंगलबार, फागुन ८, २०८०
शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो ।

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ
सोमबार, फागुन ७, २०८०
जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

प्रजातन्त्र दिवस, देशभर मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज ७४ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।

पाल्पामा ‘दादुरा–रूबेला खोप अभियान’को तयारी
सोमबार, फागुन ७, २०८०
देशभर सञ्चालनको घोषणा गरिएको ‘दादुरा–रुबेला खोप अभियान’ को तयारी पाल्पामा तिव्र पारिएको छ । फागुन १३ गतेदेखि २७ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दिन लागिएको दादुरा–रुबेला रोग विरुद्ध खोप अभियान तिव्र पारिएको हो ।

आज निर्वाचन दिवस मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज आठौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको हो ।

बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल
आइतबार, फागुन ६, २०८०
तिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए ।

बाल ज्योति प्राविको उन्नतिको यात्रा
आइतबार, फागुन ६, २०८०
कक्षा पाँचसम्म पढाइ हुने तानसेन नगरपालिका–७ काजीपौवास्थित बाल ज्योति प्राथामिक विद्यालयमा विद्यार्थी न्यून भएपछि अर्को विद्यालयसँग मर्ज गर्ने अवस्थामा पुगेको थियो । २०६९/०७० तिर विद्यार्थी संख्या २० जना थिए । थोरै विद्यार्थी भएपछि शिक्षा कार्यालयले स्कूल मर्च गर्ने बताएको थियो । गाउँलेले सुधार्ने भन्दै समायोजन नगर्न माग राखे ।