Shittalpati
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’ तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सरसफाईका लागि आवश्यक बाल्टीन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सबैको सहयोग र साथ रहेमा मात्र पूर्ण सरसरफाईयुक्त नगर बनाउन सकिने बताएका हुन् ।
वडा सदस्य श्रेष्ठको निधन
वडा सदस्य श्रेष्ठको निधन तानसेन नगरपालिका २ का वडा सदस्य तथा समाजसेवी, नेपाली काँग्रेसका नेता गोपाल श्रेष्ठको निधन भएको छ । मुटु रोग सम्बन्धित उपचार गराईरहेका श्रेष्ठको बुधबार विहान काठमाडौंमा निधन भएको हो । लामो समयदेखि मुटु रोगले उनी ग्रस्त रहेका थिए । श्रेष्ठ तानसेन गुठीलगायतका एक दर्जन संघसंस्थामा सक्रिय रहेका थिए ।
रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’
रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’ रामपुर नगरपालिकाले तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा ४ दशमलव ५ प्रतिशत रकम घटाएर पठाए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कामिटीले आपत्ति जनाएको छ । सातौं नगर सभामा नेकपाका जनप्रतिनिधिहरुले राखेका मागका विषयमा कुनै सुनुवाई नभएको भन्दै रामपुरमा सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्दै आपत्ति प्रकट गरेको...
रेसुङ्गामा लाग्ने साउने मेला यस वर्ष हुन सकेन
रेसुङ्गामा लाग्ने साउने मेला यस वर्ष हुन सकेन जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा हरेक वर्ष लाग्दै आएको साउने मेला यस वर्ष भने हुन सकेन । विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण यस वर्षको साउने मेला हुन नसकेको हो ।
पहिरोले खोस्यो खुशी
पहिरोले खोस्यो खुशी केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए । पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनीहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए ।...
पहिरोका कारण दुई सय ४८ घर विस्थापित
पहिरोका कारण दुई सय ४८ घर विस्थापित जिल्लाका विभिन्न ठाउँमा भएको पहिरोका कारण २ सय ४८ घर विस्थापित भएका छन् । लगातारको अविरल वर्षाका कारण असार १८ गते जिल्लाका विभिन्न स्थानमा गएको पहिरोबाट २ सय ४८ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । पहिरोले ईस्मा गाउँपालिकामा ठूलो जन धनको क्षती पुर्‍याएको...
नेपाल भूपू सैनिक संघ पाल्पाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल भूपू सैनिक संघ पाल्पाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण नेपाल भुपु सैनिक संघ पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताबाट भुुपु सैनिकलाई बञ्चित गर्ने गरेको निर्णय विभेदकारी भएको भन्दै संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । सोमबार संघका अध्यक्ष विष्णु गाहाको नेतृत्वमा गएका भूपुहरुले प्रमुख जिल्ला अधिकारी रमेश न्यापानेमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्...
पाल्पामा थपिँदै प्रहरी चौकी
पाल्पामा थपिँदै प्रहरी चौकी जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका...
मेरो सम्झनाको एसएलसी...
मेरो सम्झनाको एसएलसी... २००७ सालमा जन्मिएर २०२४ सालको प्रवेशिका परीक्षामा सम्मिलित भएको हुँ म । मेरो विद्यालय हो श्री सौभाग्य माध्यमिक विद्यालयमा हाल यो विद्यालयको ठेगाना फेरिएको छ । अहिले यो विद्यालय माथागढी गाउँपालिका वडा नं १ मा चिदीपानीमा पर्छ ।
देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए ।
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई ज्ञानमाला संघ, आनन्द विहार तानसेनले नेपालका पुज्यापाद सातौ संघनायक अग्ग महापंडित धम्माचार्य श्रध्देय भिक्षु डा.ज्ञानपूर्णिक महास्थविरलाई एक कार्यक्रम गरी सम्झिएको छ । संघले उपचारका क्रममा असार १९ गते काठमाडौंको सुमेरु अस्पतालमा दिवंगत भएका भिक्षु डा. महास्थविरको सातौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरी सम्झिएको हो ।
गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा
गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा भएको छ । समाजले उक्त बैठकमा संस्थाको आम्दानी र खर्च सावजनिक समेत गरेको छ । कोभिड-१९ ले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा संकलन गरिएको अष्ट्रेलियन डलर ५ हजार,६ सय, ६० रुपैया बराबरको विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।
Weather Update