Shittalpati
पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने
पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने विश्वर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनलाई पाल्पामा थप प्रभावकारी बनाइने भएको छ । मंगलवार बसेको सिसीएमसीको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा जारी राख्ने निर्णय गरेको हो ।
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक  परिचालन गर्ने
गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गर्ने जिल्लाको गुल्मीदरबार गाउँपालिकाकाले सरकारले जारी राखेको लकडाउनलाई प्रभावकारी बनाउन स्वयमसेवक परिचालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सात वटै वडाहरुमा पाँच/पाँच जनाका दरले ३५ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।
गुल्मीमा जातिय विभेदको मुद्दा दर्ता
गुल्मीमा जातिय विभेदको मुद्दा दर्ता जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा गत वैशाख २२ गते भएको जातिय विभेदको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । सोमबार जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरुको उपस्थितीमा पीडित परिवारले जातिय विभेद गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
गुल्मीको मदाने गाउँपालिका सिल
गुल्मीको मदाने गाउँपालिका सिल जिल्लाको मदाने गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँपालिकालाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्म गाउँपालिकालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको हो ।
कालीगण्डकीमा दुई बालक बेपत्ता
कालीगण्डकीमा दुई बालक बेपत्ता रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ ...
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ५ ले लकडाउनलाई प्रभावकारी बनाउन युवा परिचालन गरेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा युवा परिचालन गरेको हो ।
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय तिराईएको घटनालाई लिएर जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
कारागारका कैदीबन्दी उच्च जोखिममा
कारागारका कैदीबन्दी उच्च जोखिममा जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ ।
गैरदलितको घरमा दलित पसेपछि जरिवाना
गैरदलितको घरमा दलित पसेपछि जरिवाना गत वैशाख२२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ ।
पाल्पा जिल्ला सिल गर्ने निर्णय
पाल्पा जिल्ला सिल गर्ने निर्णय पाल्पा जिल्लालाई जेठ ५ गते सोमबारसम्म सिल गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
Weather Update