Shittalpati
‘संविधान सहमतिको दस्तावेज’
‘संविधान सहमतिको दस्तावेज’ मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् ।
भर्चुअल माध्यमबाट विद्यालय संवाद
भर्चुअल माध्यमबाट विद्यालय संवाद कोरोना माहमारीका बिच भर्चुअल माध्यमबाट तानसेनमा विद्यालय संवाद कार्यक्रम भएको छ । दमकडा माध्यमिक विद्यालय तानसेनले स्थापनाको ६४ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल साँझा संवाद कार्यक्रम आयोजना गरेको हो ।
संविधानको उपहास, जनतामा निरासै–निरास
संविधानको उपहास, जनतामा निरासै–निरास संविधान सभाबाट निर्मित वर्तमान संविधानले पाँच वर्ष पूरा गरेको छ । पाँच वर्षअघि आजकै दिन नेपालको संविधान निर्माण भएको थियो । सात दशक अघिदेखि जनताले लामो प्रतिक्षा र पटक–पटकको संघर्षपछि प्राप्त गरेको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरेका थिए ।
पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका
पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका पाल्पाको निस्दी गाउँपालिका १ बुद्धि विकास आधारभूत विद्यालय बाकामलाङ्गका बालबालिकाहरु पढेर घर फर्कर्दै ।
भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता
भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका बिच दमकडा माध्यमिक विद्यालय तानसेनले भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता गरेको छ । विद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा भर्चुअलबाटै कविता प्रतियोगिता गरेको हो ।
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ भर्चुअलरुपमा देशैभर मनाइएको छ । विभिन्न संघसंस्थाहरुले दिवसका अवसरमा भर्चुअल कार्यक्रममार्फत गोष्ठी, बहसका कार्यक्रम आयोजना गरे ।
निस्दीमा ठेकेदारसँगको मिलेमतोमा नदी दोहन
निस्दीमा ठेकेदारसँगको मिलेमतोमा नदी दोहन पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा ठेक्का सम्झौता भन्दा दश गुना बढी नदीजन्य पदार्थ निकासी पछि व्यापक आर्थिक अनियमिता भएको खुल्न आएको छ ।
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन् कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृतकका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता हुने भएको छ । जिल्लाको माथागढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान जिल्लाको एक स्थानीय सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन सातलाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिने भएको छ ।
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान जिल्लाको एक स्थानीय तहले सूचनामा नागरिकको सहज पहुँचको लागि फ्री वाइफाई जडान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सेवाग्राहीको मागलाई ध्यानमा राखेर सूचनामा नागरिकको सहज पहुँच पुगोस् भन्ने उदेश्यले फ्री(वाईफाई जडान गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
गुल्मीमा जातीय विभेद मुद्दाको फैसला : पीडकलाई ३ महिना कैद र ५० हजार जरिवाना
गुल्मीमा जातीय विभेद मुद्दाको फैसला : पीडकलाई ३ महिना कैद र ५० हजार जरिवाना जिल्लामा जातीय विभेद तथा छुवाछुत मुद्दाको फैसला भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको फोक्सिङमा भएको जातीय विभेद तथा छुवाछुतको जिल्ला अदालत गुल्मीद्धारा फैसला भएको हो । पीडितले छुवाछुत तथा जातीय विभेद सम्वन्धि जाहेरी दर्ता गरेको दुई महिना पछि जिल्ला अदालतका न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले फैसला गरेको छ ।
Weather Update