पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने
शनिबार, भदौ २६, २०७८

अझै २३ जिल्ला साक्षर हुन बाँकी
शुक्रबार, भदौ २५, २०७८
साक्षर अभियान सुरु भएको १५ वर्ष बितिसक्दा ५४ जिल्ला साक्षर घोषणा भएका छन् । संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित अभियान सञ्चालन गरेको लामोसमयसम्म पनि सबै जिल्ला साक्षर घोषण हुन सकेका छैनन् ।

अस्ताए शिक्षाका ज्योती पोखरेल
बुधबार, भदौ २३, २०७८
पद्मपब्लिक नमूना माध्यमिक विद्यालय तानसेनका सहायक प्रधानाध्यापक बिष्णु पोखरेलको निधन भएको छ । उच्च रक्तचापका कारण उनको ५६ वर्षको उमेरमा बुधबार विहान निधन भएको हो ।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै
बुधबार, भदौ २३, २०७८
आज ५५ औं अन्तर्राष्टिूय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ ।

पाल्पामा नेकपा एसमा एक जना मात्र जनप्रतिनिधी
मंगलबार, भदौ २२, २०७८
निर्वाचन आयोगले मुल पार्टीबाट विभाजित भएका प्रदेश र स्थानीय तहका जनप्रतिनिधीहरुलाई भदौ २२ गतेसम्म दल रोज्न दिएको समय सिमा भित्र पाल्पामा एक जनाले मात्र नेकपा एस रोजेका छन् । रम्भा गाउँपालिका – ५ का वडा सदस्य ईश्वरी प्रसाद श्रेष्ठले मात्र नेकपा एस रोजेका हुन ।

तीन दिनदेखि बालक सम्पर्कविहीन
सोमबार, भदौ २१, २०७८
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

अधिकांश स्थानमा वर्षा
सोमबार, भदौ २१, २०७८
मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
.jpg)
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
सोमबार, भदौ २१, २०७८
जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।
.jpg)
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो
आइतबार, भदौ २०, २०७८
गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपिएको छ ।

निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग
शनिबार, भदौ १९, २०७८
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामान सहयोग गरेको छ । युनियनले नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी कारागारका कैदीबन्दीहरुका लागि खाना पकाउनका लागि आवश्यक पर्ने ढक्कन सहितको ठूलो डेक्ची दुई थान सहयोग गरेको हो ।

पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता
शुक्रबार, भदौ १८, २०७८
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।

गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग
शुक्रबार, भदौ १८, २०७८
कोरोना महामारीका कारण देशका अधिकांस साना तथा घरेलु उद्योगहरु बन्द भइरहेका बेला गुल्मीको कालीगण्डी गाउँपालिकाको पूर्तिघाटमा भने चप्पल उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी बुद्धि घर्ती मगर र विक्रम श्रीस मगरले १० लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।