Shittalpati
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो संख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ ।
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन नेतृत्व राष्ट्रिय साप्ताहिक पत्रिका त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । लामो समयदेखि प्रकाशन बन्द रहेको पत्रिका अहिले त्रैमासिक रुपमा प्रकाशित भएको हो । २०५५ सालदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित पत्रिकाको विहीबार एक औपचारिक कार्यक्रमका बिच त्रैमासिक पत्रिकाको रुपमा लोकापर्ण गरिएको छ ।
राष्ट्रियसभा : दुई विधेयक पारित
राष्ट्रियसभा : दुई विधेयक पारित राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने ब्यक्ति पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने तीन जना पक्राउ परेका हुन् । प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जना र भाँडा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चारीको आरोपमा प्रहरीले बाग्लुङ बडिगाड गाउँपालिका– १० का हाल रुपन्देहीको कञ्चन गाउँपालिका–१...
बच्चा चोरको अफवाह
बच्चा चोरको अफवाह गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका...
दुर्गममा वडाको सम्पर्क कार्यालय
दुर्गममा वडाको सम्पर्क कार्यालय जिल्लाको रेसुङ्गा नगरपालिका भित्रपर्ने दुर्गम क्षेत्रमा वडा कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । यहाँको सबै भन्दा दुर्गम रहेको रेसुङ्गा नगरपालिका–४ मा वडाको सम्पर्क कार्यालय खोलिएको हो । पराल्मीको डाँडापोखरीमा वडा कार्यालय रहे पनि रातामाटाका नागरिकलाई भौगोलिक रुपमा कठिनाई भएकाले रातामाटाको एक कोतघर वडाको समपर्क कार्यालय खोलिएको नगरपालिकाले जनाएको छ ।
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उनकै घरममा गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले...
मतपत्र छपाइको प्रक्रिया सुरु
मतपत्र छपाइको प्रक्रिया सुरु निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो जिल्लाको रिब्दीकोट गाउँपालिकामा विषादी सेवनबाट एक वृद्धको ज्यान गएको छ । रिब्दीकोट–५ देवीडाँडाका ५५ वर्षीय सन्ते (मेख) बहादुर खड्काको विषादी सेवनबाट ज्यान गएको हो ।
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारहरुको क्षमता विकासका लागि नेपाल प्रेस युनियनले देशभर तालिम चलाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लम्सालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि युनियनले पाल्पा सहित देशभर तालिम सञ्चालन गर्ने बताएका हुन् ।
‘विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक’
‘विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । सोमबार तानसेन बहुमुखी क्याम्पसको ३३ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री रानाले अहिलेको आवश्यकता विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने सीप र संस्कार सहितको प्राविधिक शिक्षा रहेको बताएका...
Weather Update