गुल्मीका विद्यालयमा अनुगमन
शुक्रबार, असोज १५, २०७८

रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ
शुक्रबार, असोज १५, २०७८
जिल्लाको रामपुर नगरपालिकामा सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामपुर –४, देवीस्थानकी स्थानीय ५० वर्षीया पुर्ना फालमगरको सुनको सिक्री चोरी गर्ने भारतीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
_aabhimukhi.jpg)
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण
बिहीबार, असोज १४, २०७८
जिल्लाको माथागढी गाउँपालिका–३ कसेनीमा उपभोक्ता समितिलाई योजना सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन हुन लागेका योजनाका विषयमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिइएको हो ।

मेयरज्यू ! बाटो कहिले बन्छ ?
बिहीबार, असोज १४, २०७८
गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे ।

रोकिएन मानव बेचबिखन
बिहीबार, असोज १४, २०७८
रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।

पीडितको नाममा चन्दा उठाउने धन्दा !
बिहीबार, असोज १४, २०७८
पछिल्लो समय पाल्पामा पीडितको नाममा अवैध चन्दा उठाउने गरेको खुल्न आएको छ । विभिन्न संघसंस्थाहरुको नामका रसिद लिएर पीडितहरुको नाम उल्लेख गर्दै अवैध चन्द रकम उठाउने गरिएको खुल्न आएको हो ।

चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ
बुधबार, असोज १३, २०७८
गुल्मीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका –३ स्थित लुम्छा बजारमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रेविजविरुद्धको निःशुल्क खोप अभियान
बुधबार, असोज १३, २०७८
तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ ।

पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ
बुधबार, असोज १३, २०७८
अवैध रुपमा चन्दा स्वरुप रकम उठाउने पाँच जना पक्राउ परेका छन् । तानसेनका विभिन्न ठाउँहरुबाट अबैध रुपमा चन्दा संकलन गर्ने ५ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

कोभिडको प्रभाव, विद्यार्थीको अध्ययनमा ह्रास
बुधबार, असोज १३, २०७८
रुपन्देही जिल्लाका शैक्षिक संस्था बन्द हुँदा यहाँका विद्यार्थीको अध्ययनमा ह्रास आउन थालेको छ । कोभिड–१९ को माहामारीका कारण शिक्षा क्षेत्रमा संकट देखिएको हो । विसं २०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण यहाँका विद्यालय बन्द छन् ।

आधारभुत प्राथमिक उपचार तालिम
मंगलबार, असोज १२, २०७८
आधारभूत प्राथमिक उपचार तालिम तानसेनमा सकिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, ने.रे.सो. केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाको आयोजनामा सञ्चालित चार दिने तालिम मंगलबार सकिएको हो ।

दुर्घटनामा एकै साथ आमा–छोराको मृत्यु
मंगलबार, असोज १२, २०७८
रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

रेसुङ्गा र मदानेमा पाइने चराहरुको अध्ययन पुस्तक विमोचन
मंगलबार, असोज १२, २०७८
जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।