लुम्बिनीमा गुड्न थाले बिद्युतीय बस
बिहीबार, असोज १३, २०७९
बज्नै छाडे मालश्री धुन
बिहीबार, असोज १३, २०७९
नेपालीको महान् पर्व दसैँ–तिहारजस्ता ठूला चाडमा मंगल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मालश्री धुन बज्न थालेपछि हरेक नेपालीमा दसैँ–तिहार सुरु भएको आभास हुन्थ्यो । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दसैँको घटस्थापनादेखि नै गाउँ–गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि...
सरकारी निकायका सूचना अधिकारी र पत्रकार बिच अन्तरक्रिया
बिहीबार, असोज १३, २०७९
जिल्लाका सरकारी निकायका सूचना अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया भएको छ । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा सूचना अधिकारी र पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रम भएको हो ।
आज दसैंको चौथो दिन कुष्माण्डाको पूजा गरिदैं
बिहीबार, असोज १३, २०७९
नेपाली हिन्दुहरुको महान पर्व पर्व बडा दसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घर–घरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आजदेखि निर्वाचन आचारसंहिता : के–के गर्न पाइँदैन ?
बुधबार, असोज १२, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ ।
दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
बुधबार, असोज १२, २०७९
सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
पाल्पाको समृद्धिको आधार पर्यटन : मन्त्री राना
बुधबार, असोज १२, २०७९
लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समृद्धिको आधार कृषिसँगै पर्यटन क्षेत्र रहेको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा मंगलबार (नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) नाटा पाल्पा च्याप्टरले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पाल्पामा समृद्धिको आधार पर्यटन क्षेत्र रहेको बताएका...
सफलताका कथा संगालो ‘कर्म’ विमोचन
बुधबार, असोज १२, २०७९
कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सफलताका कथा संगालो ‘कर्म’ को विमोचन गरिएको छ । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा सिंजाली, पूूर्व नगर प्रमुख अशोक कुमार शाही, पूूर्व उप प्रमुख लक्ष्मीदेवी पाठक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, हेफर इन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु...
रैनादेवी मन्दिर निर्माणको लागि प्राविधिक नापजाँच
मंगलबार, असोज ११, २०७९
रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नामाकरण भएको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको धरोहर रैनादेवी मन्दिर क्षेत्र संरक्षण र संवद्र्धनको लागि काम शुरु गरेको छ । पालिकाको प्राविधिक शाखाले रैनादेवी मन्दिर क्षेत्रको पूर्वाधार निर्माणको लागि मन्दिर क्षेत्र वरीपरी प्राविधिक नापजाँच गरेको छ ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंगलबार, असोज ११, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए ।
गाउँमा पहिलो पटक बिजुली पुगेपछि...
मंगलबार, असोज ११, २०७९
निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत सेवा नपुग्दा उनलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी छन् ...
असईका छोराले जन्मदिनमा गराए असहायलाई भोजन
मंगलबार, असोज ११, २०७९
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने नेपाल प्रहरीका एक असईका छोराले जन्मदिनमा असहायलाई भोजन गराएका छन् ।
मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण
सोमबार, असोज १०, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए ।


