बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने
आइतबार, माघ ९, २०७८
पाल्पामा सडक कार्यालयका नासु मृत फेला
आइतबार, माघ ९, २०७८
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा रामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।
आइतबार देशभरका अदालत बन्द रहने
शनिबार, माघ ८, २०७८
आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालतहरु बन्द हुने भएका हुन् ।
तानसेनका महिलालाई नेतृत्व विकास तालिम
शनिबार, माघ ८, २०७८
तानसेनका महिलाहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । मैत्री क्लव तानसेन र तानसेन नगरपालिका–३ वडा कार्यालयको आयोजनामा महिलाहरुलाई तालिम दिइएको हो ।
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ
शुक्रबार, माघ ७, २०७८
जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।
खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण
शुक्रबार, माघ ७, २०७८
कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।
अगाहखोलाको गोतामेमा पुलको सर्वे
बिहीबार, माघ ६, २०७८
जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।
‘अति भो सरकार इस्मामा भ्रष्टाचार !’
बुधबार, माघ ५, २०७८
सोमबार स्वास्थ्य चौकीको हल भित्र इस्मा गाउँपालिकाको गाउँ सभा चलिरहेको थियो । जनप्रतिनिधि र केही कर्मचारीहरु गाउँ सभामा विधेयक र अर्धवार्षिक नीति तथा कार्यक्रमहरुको छलफल र समीक्षा मै व्यस्त थिए । त्यत्तिकैमा अति भो सरकार इस्मामा भ्रष्टाचार ¤ भन्ने आवाज हल भित्र पस्यो । हलभित्र सभामा व्यस्त केही जनप्रतिनिधिहरु बाहिर...
स्वस्थानी व्रतकथा आजदेखि सुरु
सोमबार, माघ ३, २०७८
पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको आजदेखि घर–घरमा पूजा र व्रत बसी यो पर्व मनाउन लागिएको हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि...
पाल्पामा तरुलको व्यापार फस्टायो
शनिबार, माघ १, २०७८
जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसंक्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।
आज माघे संक्रान्ति पर्व मनाइँदै
शनिबार, माघ १, २०७८
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।


