अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा
मंगलबार, असोज २५, २०७९
आशै–आशमा टर्यो जहाज उड्ने सपना
मंगलबार, असोज २५, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दसैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो...
सर्पले डसेर मृत्यु
सोमबार, असोज २४, २०७९
आइतबार राति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।
आफ्नै कोठामा युवती मृत फेला
सोमबार, असोज २४, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मसारमा एक युवती मृत फेला परेकी छन् । मसारका सन्तोष विकको २२ वर्षीया श्रीमती रेश्मी विक आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा
सोमबार, असोज २४, २०७९
बेथल भूपू विद्यार्थी समाज तानसेनले ११ औं साधारण सभा मनाएको छ । बेथल इङ्लिस बोर्डिङ स्कूलमा गठित समाजले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा समाजका संरक्षक विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले स्कूले जीवनका साथीहरुसँगको अनुभव र मित्रता अत्यन्तै अविस्मरणीय हुने भएकाले विद्यालयमा समाज गठन...
प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट
आइतबार, असोज २३, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो ।
यी प्रदेशमा वर्षाको सम्भावना
आइतबार, असोज २३, २०७९
अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि...
गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा पुनःसञ्चालनमा
आइतबार, असोज २३, २०७९
गुल्मीमा गत तीन दिनदेखि अवरुद्ध बनेको विद्युत् सेवा पुनःसञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–९, पुतलीबजारमा रहेको ३३ केभीको तीनवटा ट्रान्सफर्मरमा पहिराले क्षति पुर् एपछि जिल्लामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।
निलसागर आश्रममा दसैंको बिलौना
शनिबार, असोज १५, २०७९
आफ्ना चौहत्तर वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दसैंको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दसैंहरू सम्झदा यस वर्षको दसैं उनलाई नरमाइलो लागेको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका दलहहरु प्रतिबद्ध
शनिबार, असोज १५, २०७९
आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका राजनीतिक दलहरुले साझा प्रतिबद्धता जनाएका छन् । पाल्पा विकास केन्द्रले शुक्रबार तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै पाल्पाका ८ राजनीतिक दलहरुले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन...
निःशुल्क यातायात सेवा
शनिबार, असोज १५, २०७९
दसैंको समयमा यात्र गर्ने यात्रुुहरुका लागि निःशुुल्क यातायात सेवा दिइने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थल भ्रमण गर्न चाहने यात्रु तथा पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको हो ।
बुटवलका सडकमा खुला दूध बेच्न रोक
शुक्रबार, असोज १४, २०७९
बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गरौं : प्रजिअ पन्त
शुक्रबार, असोज १४, २०७९
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबार पाल्पा विकास केन्द्रले तानसेनमा आयेजना गरेको स्वतन्त्र, निष्पक्ष र भयरहित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संघ संस्थाहरुका प्रतिनिधिका लागि राजनीतिक समावेशिता सुशासन, प्रजातन्त्र र संघीयता सबन्धी कार्यदक्षता अभिवृद्धि कार्यशालामा निर्वाचन आचारसंहिताका...


