लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
बिहीबार, पुस २२, २०७८

चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
बिहीबार, पुस २२, २०७८
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।

बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बुधबार, पुस २१, २०७८
बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

पुनः वर्षा र हिमपातको सम्भावना
बुधबार, पुस २१, २०७८
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।

ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
मंगलबार, पुस २०, २०७८
कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।

पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका
मंगलबार, पुस २०, २०७८
पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।

‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’
मंगलबार, पुस २०, २०७८
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् ।

आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
सोमबार, पुस १९, २०७८
आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।

पपका विद्यार्थीलाई पूर्व विद्यार्थीले दिए स्वास्थ्य सामग्री
आइतबार, पुस १८, २०७८
तानसेनमा रहेको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई २०४२ साल समूहका पूर्व बिद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री दिएका छन् । विद्यालयको २०४२ साल एसएलसी समूहका विद्यार्थीहरूले त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि मास्क, सनिटाइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री दिएका हुन् । उ

रानीझैं सिँगारियो रानीमहल
आइतबार, पुस १८, २०७८
पाल्पामा रहेको प्रेमको प्रतिक रानीमहल दरवारलाई रानी जस्तै सिँगाएिको छ । अहिले रानीमहलको स्वरुपलाई सुन्दर र चिटिक्क पारेर रानीझैं सिंगारिएको हो । तानसेन नगर सरकारले रानीमहल दरवार आउने पाहुनाहरु थप आकर्षित गर्न दरबारलाई चिटिक्क पारेको छ । अहिले रानीमहलमा पुग्ने पाहुनाहरुलाई तानसेन नगरपालिकाले स्वच्छ रुपमा युरो गार्डको स्वच्छ सफा फिल्टर...

अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता
शनिबार, पुस १७, २०७८
अन्तरबालक्लब भित्तेपत्रिका लेखन, प्रदर्शनी तथा प्रतियोगिता भएको छ । उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको आयोेजना तथा कारितास नेपाल नवलपरासी गैडाकोटको आर्थिक सहयोगमा सञ्चालित बाल सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो ।

आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं
शुक्रबार, पुस १६, २०७८
आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।