नेपालको वार्षिक औसत तापक्रम वृद्धि
सोमबार, जेठ १५, २०८०

गणतन्त्र दिवस मनाइँदै
सोमबार, जेठ १५, २०८०
आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।

पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता
आइतबार, जेठ १४, २०८०
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् । महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने अभियानमा साथ दिने भन्दै भण्डारीले स्वेच्छिक सदस्यता त्यागको घोषणा गरेका हुन् ।
तानसेन –४ का बालवालिकालाई नेतृत्व क्षमता विकास तालिम
शनिबार, जेठ १३, २०८०
मखनटोल टोल विकास संस्थाले तानसेन नगरपालिका –४ का बालबालिकाहरुलाई एक दिने बालविकास तालिम प्रदान गरेको छ । बालवालिकाहरुको चौतर्फी विकास तथा हकहितमा केन्द्रित गरेर तालिम सञ्चालन गरिएको मखनटोल टोल विकास संस्थाले जनाएको छ ।
1685183421.jpg)
सुरक्षित भवन निर्माणका लागि समन्वय आवश्यक
शनिबार, जेठ १३, २०८०
सुरक्षित र बलियो घर, भवन निर्माणका लागि समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रामपुरमा भएको घर तथा भवन निर्माण सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुरमा सञ्चालित ईन्जिनियरिङ कन्सल्टेन्सी र रामपुर नगरपालिकाबिच सुरक्षित र बलियो घर तथा भवन निर्माणमा समन्वयन हुनुपर्नेमा जोड दिएका हुन् ...

प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन
शनिबार, जेठ १३, २०८०
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शनिबार युुनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् ।

तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक
शुक्रबार, जेठ १२, २०८०
तानसेनको तेस्रो सडकमा सञ्चालन भएको रोजगार मेलामा राखिएको जनता नमूना माध्यमिक विद्यालय (जेभिटी) को स्टलमा विद्यार्थी र दर्शकको आकर्षण देखिएको छ ।

तानसेनमा रोजगार मेला, ३ सय बेरोजगारले दिए आवेदन
शुक्रबार, जेठ १२, २०८०
तानसेनमा रोजगारीको मेला सञ्चालन भएको छ । तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीहरुको लागी तानसेनमा एक दिने बृत्ति विकास तथा रोजगार मेला भएको हो ।

प्रेस युनियन पाल्पाले भोलि स्थापना दिवस मनाउँदै
शुक्रबार, जेठ १२, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाले भोलि ३२ औं स्थापना दिवस मनाउन लागेको छ । युनियनले शनिबार तानसेनमा रहेको निलसागर आश्रमका वृद्धवृद्धाहरुलाई एक छाक भोजनदान गरी स्थापना दिवस मनाउन लागेको हो ।

तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै
शुक्रबार, जेठ १२, २०८०
जिल्लाको तानसेनमा भोलि महिनावारी मेला हुन लागेको छ । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारी दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम अन्तर्गत जेठ १३ गते शनिबार तानसेनको टुँडिखेलमा महिनावारी मेला आयोजना गर्न लागेको हो ।

गुल्मीका स्थानीय सरकारका एक वर्ष, विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्ता
शुक्रबार, जेठ १२, २०८०
गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते भएको निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णयमार्फत नागरिकलाई राहत दिने प्रयास गरिरहेका छन् ।
1685019923.jpg)
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
बिहीबार, जेठ ११, २०८०
तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ । ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला,...

रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु
बुधबार, जेठ १०, २०८०
जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।