वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो
आइतबार, भदौ २, २०८१
तानसेनका विपन्न उपभोक्तालाई विद्युत महसुलमा छुट
शुक्रबार, साउन ३२, २०८१
जिल्लाको तानसेन नगरपालिका भित्रका विपन्न उपभोक्ताहरुले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन् । ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गर्ने गराउने २ हजार २ सय २६ विपन्न उपभोक्ताको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो ।
खोलाले बगाउँदा बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल
शुक्रबार, साउन ३२, २०८१
शिक्षा र स्वास्थ्यका विषयमा बेलायती प्रतिनिधिसँग छलफल भएको छ । बुटवल उपमहानगरपालिका, बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको प्रतिनिधिबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा बुटवल उपमहानगरपालिकामा छलफल भएको हो ।
दुधको गुणस्तर सुधारबारे छलफल
शुक्रबार, साउन ३२, २०८१
बुटवलमा गुणस्तरहिन दूध विक्री हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । उसले गुणस्तरीय दूध विक्री गर्न व्यवसायीसँग छलफल गरेको हो ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
शुक्रबार, साउन ३२, २०८१
साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
हराउँदै जनै बाट्ने संस्कृति, जोगाउँदै ब्राह्मण समाज
बिहीबार, साउन ३१, २०८१
हिन्दु परम्पराअनुसार जनैको धेरै महत्व छ । व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै । तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् ।
अपाङ्गता डिजिटल परिचय पत्र
बिहीबार, साउन ३१, २०८१
बुटवलमा अपाङ्गता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले अपा·ता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो ।
आज विश्व सुलेखन दिवस मनाइँदै
बुधबार, साउन ३०, २०८१
आज नेपालसहित विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ
आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
सोमबार, साउन २८, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिए ।
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व
आइतबार, साउन २७, २०८१
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व चयन भएको छ । तानसेनमा बसेको समितिको बैंठकले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढे
आइतबार, साउन २७, २०८१
स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ ।


