Shittalpati
निजामती सेवा दिवस मनाइँदै

पाल्पा, आज (शनिबार) २१ औं निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई  सम्मान गर्ने, विभिन्न निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना हुने छन् । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भूमिका अतुलनिय हुन्छ । 

निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशासन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ । निजामती सेवा दिवसले समुदायमा सार्वजनिक सेवाको मूल्यप्रति सम्मान बढाउन तथा विकास प्रक्रियामा सार्वजनिक प्रशासनको योगदानको चर्चा र प्रशंसा गर्न सक्नुपर्छ । यो दिनले कर्मचारीको कार्यसम्पादन पहिचान दिनुका अलावा बेरोजगार युवालाई सार्वजनिक प्रशासनप्रति आकर्षित गर्न वातावरण सिर्जना गर्न सक्नुपर्छ । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भूूमिका अतुलनिय हुन्छ । मुलुकी प्रशासनको मियोका रूपमा रहेको निजामती सेवा सरकारको अपरिहार्य कार्यकारी अङ्ग हो । 
उसले राज्यका अन्य सेवाहरूको तुलनामा महत्वपूर्ण भूमिका र कार्य–जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update