Shittalpati
खिर खाएर साउन पन्ध्र मनाइँदै
खिर खाएर साउन पन्ध्र मनाइँदै आज साउने पन्ध्र पर्व मनाइँदै छ । साउन १५ मा रोपाइँ सकेर खिर खाने चलन छ । किसानहरुले साउन १५ लाई विशेष खिर खाने दिनका रुपमा मनाउने गरेका छन् । पहिले ग्रामीण क्षेत्रमा बढी मनाइने खिर खाने चलन पछिल्लो समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दो छ । 
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न यो दिवस मनाउने गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
महँगीको मारमा उपभोक्ता
महँगीको मारमा उपभोक्ता दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै आज विश्व बाघ दिवस  नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि,  संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजको दिन यो दिवस मनाउने गरिएको हो ।
आज हेपाटाइटिस दिवस मनाइँदै
आज हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस विरुद्धको दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा जिल्लाका उद्योगी–व्यवसायीहरुका लागि तानसेनमा कर सम्बन्धी शिक्षा दिइएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा शुक्रबार कर शिक्षा प्रदान गरिएको हो ।
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री जिल्लाको तानसेन नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषि सामग्री दिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु दिएको हो ।
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा बालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् ।
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।
पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड
पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड साउनको पहिलो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक भिड लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।
लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान
लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरे ।
Weather Update