सामाजिक सञ्जाल विधेयक संशोधन गर्न माग गर्दै पाल्पामा नागरिक संवाद
बुधबार, फागुन ७, २०८१
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
बुधबार, फागुन ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा गर्दै दिवस मनाइएको हो ।
प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
बुधबार, फागुन ७, २०८१
नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आगमनको ७५ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।
आज निर्वाचन दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१
फागुन ७ कै दिन निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो । आज नवौं निर्वाचन दिवस मनाइँदै छ ।
रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
बुधबार, फागुन ७, २०८१
नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।
जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव
मंगलबार, फागुन ६, २०८१
तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।
पत्रकारहरुसँग अन्तरसंवाद कार्यक्रम
मंगलबार, फागुन ६, २०८१
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोग र त्यसको रोकथामका बिषयमा मंगलवार पत्रकार र स्थानीय रेडियोमा अन्र्तसंवाद कार्यक्रम आयोजना गरेको छ । प्रजातन्त्र दिवशको अवसरमा स्वास्थ्य कार्यालयले नसर्ने रोगहरुको अवस्था, पहिचान र निदानका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सहकारी संस्थाको आयोजनामा कृषि मेला
मंगलबार, फागुन ६, २०८१
तानसेन वडा–९को मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लि.ले पहिलो पटक प्रर्वद्धनात्मक कृिष मेला गरेर नयाँ आयम थपेको छ । पाल्पा रुपन्देही, कपिलबस्तु र नवलपरासी र भारतको गोरखपुर सम्म पाल्पाको मदनपोखरा तरकारी उत्पादन र बजारीकरणमा धेरै वर्ष पहिलादेखि प्रख्यात छ ।
जलवायु परिवर्तनको बढी असर महिलालाई
मंगलबार, फागुन ६, २०८१
सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
आहार व्यवस्थापनले गिद्धको संख्या बढ्दै
सोमबार, फागुन ५, २०८१
गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको संख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।
रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवद्र्धनको लागि ‘होमस्टे’
आइतबार, फागुन ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले रानीबास सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
सात करोडको लागतमा मालिकामा नयाँ भवन
शनिबार, फागुन ३, २०८१
मालिका गाउँपालिकामा नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो ।


