Shittalpati
रामपुर दामाचौर जोड्ने झोलुङ्गे पुल बन्द !

इमान सिं राना
पाल्पा(रामपुर),लकडाउनमा पनि मनिसहरुको हिडडुल नरोकिएको भन्दै स्याङ्जाको चापाकोट ८ दामाचौर र पाल्पाको रामपुर ६ प्याकलुक जोड्ने झोलुङ्गे पुल आवतजावतका लागि स्थानीयले बन्द गरेका छन् । गाउँका मानिस सुरक्षित रहेपनि बाहिरबाट आउनेहरुले जोखिम बढाएको भन्दै प्रदेश पाँच र गण्डकी प्रदेश जोड्ने पुल बन्द गरिएको हो । अन्तर प्रदेश जोड्ने पुलमा दिनभर प्रहरीले सुरक्षा दिए पनि साँझको समयमा आवतजावत बढेको भन्दै हिडदुल गर्न बन्द गरिएको रामपुर ६ का स्थानीय ओम प्रकाश बस्यालले जानकारी दिए । स्थानीय युवाहरुले मंगलबार साँझदेखि पुलमा बाँस तथा डोरीले बाधेर आवजावत बन्द गरेका हुन् । रामपुर ६ का स्थानीय सिताराम आचार्यले दिनभरी प्रहरी खटिएकाले वारिपारी गर्न नपाएको तर साँझको समयमा मौका छोपेर आवतजावत बढेकाले पुल बन्द गरिएको बताए । उनले साँझ ६ बजे देखि १० बजेसम्म स्थानीय युवाले पुलको रेखदेख गर्दै आएको बताए । आचार्यले अत्यावश्यक कामका लागि आवश्यक परेमा खुल्ला गरिने तर अन्य समयका लागि पुलमा आवत जावत बन्द गरिएको बताए ।

 

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update