कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले लकडाउनको कारण हातमुख जोर्न धौ धौ भएका अति विपन्न ३ सय घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, १ लिटर तेल र १ किलो नुन विरण गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तरर्गत वडा अध्यक्षबाट आएका सिफारिसका आधारमा अति विपन्न परिवारलाई राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । सम्वन्धित वडा वडा टोल टोलमा पुगेर राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडा नंं १ सिद्धेश्वरमा ३५ घरपरिवार, वडा नंं २ सोमादीमा ३५ परिवार, वडा नंं भुवनपोखरीमा ५० परिवार, वडा नंं ४ छहरामा ५० परिवार, वडा नंं ५ मुझुङमा ३० परिवार, वडा नंं ६ जुठापौवामा ३५ परिवार, वडा नंं ६ बल्ढेङगडीमा ३० परिवार र वडा नंं ७ सत्यवतीमा ३५ परिवार गरी ३ सय परिवार लाई राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेत बहादुर खत्रीले बताए ।
रैनादेवी छहरा गाउँपालिका वडा नंं ४ छहरामा राहत वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष चेतना थापा, प्रवक्ता विष्णु प्रसाद पोखरेल, वडा सचिव रविन्द्र रायमाझी सहित विपन्न परिवार ।