Shittalpati
सीपको आवश्यकता

कुनै पनि राष्ट्रको विकास त्यस देशका नागरिकको कार्यक्षमता अर्थात् सीपमा आधारित हुन्छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउनुको साथै जोखिम कम गर्न महत्वपूर्ण टेवा पुग्दछ । सीप सुरक्षा कवच पनि हो । चाहे विदेशमा होस् या स्वदेशमा । सीप हुनेले जोखिमसँग लड्न सक्छ । हातमा सीप भए भोकै मर्न पर्दैन । अहिलेको आवश्यकता भनेको पढाइसँगै सीप हो । आफूसँग सीप छ भने कसैको भर परिरहनु पर्दैन । कसैलाई यो गर, त्यो गरिदेऊ भन्नु पर्दैन । व्यक्तिमा कुनै न कुनै सीप भए भोको बस्नुपर्दैन । सीप भयो भने आफु मात्र होइन परिवार र अरू दुई–चार जनालाई रोजगारी दिन पनि सकिन्छ । तर धेरैले सीपको वेवास्ता गर्ने गरेका छन् । नेपाली युवाहरु स्वदेशकै सीप नसिकेर विना सीप विदेश जाने गरेका छन् । यसले गर्दा कयौं युवाहरुले विदेशमा दुःख भोग्नुुपरेको छ । त्यति मात्र होइन उनीहरुले न्यून ज्यालामा काम गरिरहनुु परेको छ । वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत सीप विनाका नै छन् ।
अन्य देशहरुले वैदेशिक रोजगारीमा जानेहरूलाई सीप सिकाएर पठाउने गर्छन् । नेपालबाट जानेहरु भने विना सीप नै जाने गर्छन् । जसले गर्दा नेपालीहरुले विदेशमा धेरै दुुःख पाउने गरेका छन् । नेपालले पनि सम्वद्ध देशमा माग भएअनुसार सीप सिकाएर मात्र उनीहरूलाई रोजगारीमा पठाउनु आवश्यक छ । सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउने व्यवस्थालाई दरिलो रूपमा कार्यान्वयन गर्न सक्दा एकातिर जोखिम कम हुन्छ भने अर्कोतर्फ देशमा भित्रिने विप्रेषणमा पनि वृद्धि हुन्छ । त्यसैले मुलुकले आफ्नो जनशक्तिलाई सीप सिकाउन
जरुरी छ । मुलुकभित्रै पनि सीपयुक्त जनशक्तिको खाँचो छ । अझै पनि धेरैले तालिमको महत्व नबुुझेका कारण सीपमूूलक बन्न सकेका छैन् । यसर्थ सीप सिकेर आयआर्जनमा लाग्नुु अहिलेको अपरिहार्य आवश्यकता हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update