Shittalpati
रकम हिनामिना गर्ने कानुनी दायरामा

पाल्पा, माछापुच्छ्रे बैंकले शाखारहित बैंकि केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याइएको जनाएको छ । बैंकले रुपन्देहीको रोइनिहवा र मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले उक्त सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

उक्त क्षेत्रका व्यवसायिक प्रतिनिधी निरन्जन पाठक र सिकन्द्र ठाकरले विभिन्न व्यक्तिहरुबाट बुझि लिएको रकम सिस्टम मार्फत नै भौचर प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनाधिकृत प्रयोग गरी हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेकोले उनीहरुलाई कानुनी प्रक्रियामा ल्याइएको बैकले जानकारी दिएको छ । पाठक र ठाकरले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरेको स्वीकार गरेको बैकले जनाएको छ । उक्त कार्यबाट अन्य कोही पीडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रक्रियामा सहभागी हुन पनि बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update